विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा लागूपदार्थ दुर्व्यसनीविरुद्ध सचेतनामुलक बृहत र्याली निकालिएको छ ।
प्रदेश स्काउट कार्यालय, कोशी प्रदेशको आयोजना एवम् आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक व्यवस्थापनमा मंगलबार लागूपदार्थ दुर्व्यसनीविरुद्ध सचेतनामुलक बृहत र्याली विराटनगरमा सम्पन्न भएको हो ।
स्थानीय स्काउट कार्यालय, विराटनगरको व्यवस्थापनमा भएको र्यालीमा विराटनगरमा सञ्चालित २० वटा स्काउट दलका पाँच सय ५० भन्दा बढी स्काउटर, रोभर-रेन्जर, स्काउटहरूको उपस्थिति रहेको थियो ।
सनसरीमाई स्थानबाट सुरु भएको र्याली ट्राफिक चोक, जलजला मोड, शनि मन्दिर हुँदै श्री सत्यनारायण आधारभूत विधालयमा पुगेर कोणसभा भएको थियो ।
कोणसभालाई प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीज्युले सम्बोधन गरेका थिए ।