गाउँपालिका अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १४ जेठ, २०८२
११ महिनाअघि

सिरहाको तत्कालीन नवलपुर गाउँपालिका अध्यक्ष विश्व मोहनप्रसाद यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाकाअनुसार आर्थिक वर्ष २०७६/७७ मा गाउँ कार्यपालिकाको कार्यालय, नवराजपुर, सिरहाको प्रशासकीय भवन निर्माण गर्न तयार गरेको डिपीआर बमोजिम गाउँपालिकाको उक्त भवनको लागत अनुमान ६ करोड १८ लाख ६८ हजार ७६४ रुपियाँ यकिन भएको अवस्थामा बदनियतपूर्वक स्रोतको सुनिश्चितता र वार्षिक योजनासमेत स्वीकृत नगरी भवन निर्माणको डिपीआरलाई खण्डीकरण गरी ३७ लाख ७५ हजार ४३६ रुपियाँ बराबरको लागत अनुमान तयार गरी उपभोक्त समितिमार्फत २०७७ असार १५ गतेसम्ममा सम्पन्न गर्ने मिति २०७७ जेठ ३२ गते सम्झौता भएको थियो ।

पालिकाले पेस गरेको कामको प्राविधिक मुल्याङ्कन तथा कार्य सम्पन्न प्रतिवेदनमा ३७ लाख ७९ हजार १०६ रुपियाँ बराबरको कार्य भएको भनी गलत प्राविधिक मुल्याङ्कनसहितको प्रतिवेदनका आधारमा उपभोक्ता समितिलाई श्रमदान, आयकर, बहाल कर र सामाजिक सुरक्षा कर कट्टा गरी ३४ लाख ३९ हजार १८९ रुपियाँ भुक्तानी गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

सो आरोपमा गाउँपालिकाका तत्कालीन गाउँप्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर कृष्णा साह, सव–इन्जिनियर जय नारायण यादव, लेखापाल सोमप्रसाद आचार्यविरुद्ध बिगो रकम ३४ लाख ३९ हजार १८९ रुपियाँ कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको छ ।

यसैगरी, तत्कालीन गाउँपालिका उपाध्यक्ष शोभा कुमारी, वडा नं.४ का तत्कालीन वडाअध्यक्ष मदन यादव, वडा नं. ५ का अध्यक्ष मनोज कुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेश कुमार निधि र जिन्सी प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगकाअनुसार भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दिपेन्द्र कुमार यादव र कोषाध्यक्ष कोशीला देवी यादवविरुद्ध बिगो रकम जनही ३३ लाख ३४ हजार १८९ रुपियाँ कायम गरी बिगो रकम असुल हुन मागदाबी लिइएको अयोगले जनाएको छ ।

प्रकाशित समय: मङ्गलबार १४ जेठ, २०८२, २०:२५:४५
युद्ध र महँगीको दबाबबीच ब्याजदर यथावत राख्ने तयारीमा अमेरिकी फेड
आईतबार १३ ब‌ैशाख, २०८३
सामाजिक सञ्जाल: अवसर कि समयको बर्बादी?
आईतबार १३ ब‌ैशाख, २०८३
पूर्वीनाकाबाट सात हजार ६४२ पर्यटक भित्रिए
आईतबार १३ ब‌ैशाख, २०८३
इरानमा ५७ दिनको इन्टरनेट अवरोध,अर्थतन्त्रमा अर्बौ नोक्सानी
आईतबार १३ ब‌ैशाख, २०८३
दिल्ली विमानस्थलमा उडानअघि इन्जिनमा आगलागी, ६ घाइते
आईतबार १३ ब‌ैशाख, २०८३
सरकारले समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न ल्यायो नयाँ कार्यविधि
आईतबार १३ ब‌ैशाख, २०८३
त्रिवि क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम
आईतबार १३ ब‌ैशाख, २०८३
त्रिविको ३५ दिने अल्टिमेटम: क्रिकेट मैदानसहित अतिक्रमित जग्गा खाली गर
आईतबार १३ ब‌ैशाख, २०८३
बर्जुमा गाउँ शिक्षा योजना तर्जुमा प्रक्रिया सुरु, पाँच वर्षे रणनीतिमा जोड
आईतबार १३ ब‌ैशाख, २०८३
१२ दिनमा ४ सय २२ विपद्का घटना
आईतबार १३ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०