बैतडी । बैतडीको खलंगा क्षेत्रमा ५.१ रेक्टर स्केलको भूकम्प गएको छ ।
शुक्रबार राति १ बजेर ४८ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु बैतडीको खलंगा आसपास क्षेत्र रहेको छ ।
भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लाहरूमा पनि महसुस गरिएको जनाइएको छ ।