कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३० ब‌ैशाख, २०८२
११ महिनाअघि

विराटनगर– गृहमन्त्री रमेश लेखकले कारागारलाई खुला सुधारगृह मात्र नभएर उद्योगग्रामका रूपमा स्थापित गर्ने बताएका छन् ।

कारागार कार्यालय मोरङको नवनिर्मित भवन तथा संरचनाको आज उद्‌घाटन गर्दै गृहमन्त्री लेखकले कारागारमा बस्ने कैदीबन्दीको समय सदुपयोग गरी आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले आधुनिकीकरणसहित कारागारलाई उद्योगग्रामका रुपमा रूपान्तरण गर्न लागेको स्पष्ट गरे ।

उनले प्रचलित कानुनी प्रावधानबमोजिम कारागारमा राख्नुपर्ने बाध्यात्मक व्यवस्था भए पनि कैदीबन्दीको मानव अधिकारप्रति सरकार संवेदनशील रहेको बताए।

लोकतन्त्रमा सबै व्यक्तिको मानवअधिकार सुनिश्चित हुने प्रसङ्ग उल्लेख गर्दै उनले कैदीबन्दीको तुलनामा कारागार भवन कम भएको र आवश्यक पूर्वाधारसमेत नभएको भन्ने गुनासो सम्बोधन गर्ने पक्षमा आवश्यक गृहकार्य भइरहेको जानकारी दिए ।

फरक प्रसङ्गमा वर्तमान सरकार गठन भएको १० महिनाको अवधिमा केही कानुनी तथा नीतिगत व्यवस्था सुधारसहित आवश्यक वातावरण तयार गरेपछि  वस्तु आयातमा कमी र निर्यात वृद्धि भएको, विदेशी मुद्राको सञ्चिति बढेको, निजी क्षेत्र उत्साहित भएको र मुलुकको समग्र आर्थिक परिसूचकहरू सन्तोषजनक रहेको बताए ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले नवनिर्मित कारागार भवनबाट कैदीबन्दीलाई थप सुविधा प्राप्त हुने विश्वास व्यक्त गर्दै  कैदीबन्दीको श्रमको सदुपयोगसहित मानवअधिकारको पक्षमा सरकार रहेको स्पष्ट गरे।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कारागारमा देखिने समस्या सम्बोधन गरी कैदीबन्दीलाई उचित व्यवहार गरिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, कोशी प्रदेशसभा सदस्य भीम पराजुली, सङ्घीय शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख प्रदीपकुमार सिंह, केन्द्रीय कारागार विभागका महानिर्देशक नारायण भट्टराईले कैदीबन्दीको रोजगारी र मानवअधिकारका पक्षमा धारणा व्यक्त गरेका थिए ।

विराटनगरको हाटखोलास्थित पुरानो जिल्ला कारागार भवन परिसरमा नवनिर्मित कारागार भवन निर्माणका लागि कुल ३६ करोड १२ लाख ८५ हजार खर्च भएको भवन विभागले जनाएको छ।

विसं २०७८ साल असार २४ गते शिलान्यास भएको सो भवन निर्माण प्रक्रियाअन्तर्गत पुरुष सुधारगृह, महिला सुधारगृह, नेपाल प्रहरी भवन, सशस्त्र प्रहरी भवन, जिल्ला कारागार प्रशासन भवन, जिल्ला कारागार प्रमुख आवास भवन, सुरक्षा पर्खाल, सुरक्षा पोष्ट, सीमा सुरक्षा जाँच कक्षसहित, सडक सञ्जाल, नाला, आकस्मिक पानी भण्डारण पोखरी तथा अन्य बगैँचाजस्ता संरचना तयार भएको भवन निर्माण विभागका वरिष्ठ प्रविधिक प्रदीप खनालले जानकारी दिए । सो कारागार भवनमा २१८  पुरुष र ९९ महिला कैदीबन्दी राख्न सकिनेछ ।

प्रकाशित समय: मङ्गलबार ३० ब‌ैशाख, २०८२, १५:००:२२
सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय
शुक्रबार ४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, सांसदहरू छलफलमा बोलाइए
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा
शुक्रबार ४ ब‌ैशाख, २०८३
सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड क्षति
शुक्रबार ४ ब‌ैशाख, २०८३
आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराट गोल्ड कप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
बिहिबार ३ ब‌ैशाख, २०८३
ऊर्जा क्षेत्रमा सुधारका लागि मन्त्री श्रेष्ठका ३२ बुँदे निर्देशन
बिहिबार ३ ब‌ैशाख, २०८३
सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति
बिहिबार ३ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०