विराटनगरको आदर्श विद्यालयमा सीप उत्सव, सूचना तथा प्रविधिमा पुष्पा र चन्द्रावती उत्कृष्ट

नवीन भट्टराई
आईतबार २८ ब‌ैशाख, २०८२
१ वर्षअघि

विराटनगर । कोशी प्रदेशका प्राविधिक शिक्षालयहरूबीच भइरहेको ‘सीप उत्सव २०८२’  अन्तर्गत विराटनगरको आदर्श माध्यमिक विद्यालयमा सूचना र प्रविधि विधामा प्रतिस्पर्धा भएको छ ।

विराटनगर महानगरपालिका-७ मा अवस्थित विद्यालयमा भएको आन्तरिक प्रतिस्पर्धामा विद्यालयकी छात्रा पुष्पा राजवंशी विजेता भइन् भने चन्द्रावती राजवंशी उपविजेता भइन् । प्रथम र द्वितीय हुन सफल भइ फाइनल चरणमा छनोट भएका उनीहरूलाई विद्यालयका सहायक प्रधानाध्यापक इन्द्रबहादुर चौहानले ट्रफी प्रदान गरे ।

सामाजिक विकास मन्त्रालय, उद्योग संगठन मोरङ, इन्स्योर र हेल्भेटास नेपालको आयोजनामा जारी महोत्सवमा प्रदेशमा सातवटा शिक्षालयमा सीप प्रदर्शनी र प्रतिस्पर्धा भइरहेको छ । जसमा विजयी भएका आदर्शका विद्यार्थीद्वय पुष्पा र चन्द्रावतीले उद्योग संगठन मोरङमा जेठ १० र ११ गते हुने अन्तिम चरणको स्पर्धा गर्ने छन् ।

फाइनल चरणमा पनि उनीहरूले अब्बल प्रदर्शन गरेर उपाधि जित्ने आदर्शका सहायक प्रधानाध्यापक चौहानको भनाइ छ । सीप र प्राविधिक शिक्षामा सधैँ अब्बल रहँदै आएको आदर्श मा. वि. यस वर्षको अप्रेन्टिसीप कार्यक्रममा समेत प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल भएको सुनाए ।

यही वैशाख २२ गतेदेखि सुरु भइ ३० गतेसम्म हुने विद्यालयस्तरीय प्रतिस्पर्धाको समुद्घाटन भने विराटनगर महानगरपालिकाका कार्यकारी प्रमुख राम ढुंगेलले गरेका थिए । जसक्रममा बोल्दै उनले सीपमार्फत् विद्यार्थीहरूलाई रोजगार र उद्यमतर्फ जोड्न सीप उत्सवजस्तो उत्कृष्ट कार्यक्रमको थालनी भएको बताए ।

अप्रेन्टिसीपतर्फ २०७९, २०८० तथा २०८१ समूहका प्रशिक्षार्थी, १० महिने ट्रेनिङ विथ ओजेटीसमेतका प्राशिक्षार्थीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् कोशी प्रदेशका सूचना अधिकृत शिवशंकर दास, क्यान महासंघ मोरङका अध्यक्ष सुमितकुमार साह, टेकफिनिटी सोलुसन एन्ड रिसर्च सेन्टरका सिइओ, सुजित झा, उद्योग संगठन मोरङ सीप विकास इकाइका संयोजक सन्दीप चौधरी, विराटनगर महानगरपालिकाका रोजगार प्राविधिक कपिल थापा, आदर्श माविका प्रशिक्षक अजित चापागाईं, लालबहादुर गुरुङ, प्रवेश दुलाललगायतको उपस्थिति रहेको थियो ।

सुनसरी, मोरङ र झापाका विभिन्न प्राविधिक शिक्षालयमा आन्तरिक प्रतिस्पर्धाबाट छानिएका शीर्ष दुई प्रशिक्षार्थीहरूले फाइनल चरणमा स्पर्धा गर्ने इन्स्योर परियोजनाका घनश्याम लिम्बुको भनाइ छ ।

सीप उत्सवअन्तर्गत होटल व्यवस्थापन, सूचना प्रविधि र अटो मोबाइल इन्जिनियरिङतर्फ सीप प्रदर्शनी र प्रतिस्पर्धा भइरहेको छ, जसमा एक हजारभन्दा बढी युवाहरूले वृत्ति परामर्श, सीप अवलोकन तथा सीप अनुभव गरिरहेका छन् ।

प्रकाशित समय: आईतबार २८ ब‌ैशाख, २०८२, २०:१९:२५
जापानको रक्सीले लुकेको सत्य बाहिर ल्यायो : शाही
आईतबार ३ साउन, २०८३
लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना नियन्त्रणमा
आईतबार ३ साउन, २०८३
सरकार र रास्वपालाई ज्ञानेन्द्र शाहीको चुनौती: ‘संसदमा तथ्यसहित जवाफ देऊ’
आईतबार ३ साउन, २०८३
चितवनमा बस र ट्रक ठोक्किँदा ३० जना घाइते
आईतबार ३ साउन, २०८३
सेउती खोला किनारमा आसेज वाओद्वारा वृक्षरोपण
शनिवार २ साउन, २०८३
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
शनिवार २ साउन, २०८३
देशभर अति भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
शनिवार २ साउन, २०८३
बागमतीका मन्त्रीलाई राजीनामा दिन थपलियाको निर्देशन
शनिवार २ साउन, २०८३
कारागारभित्रै पाँचजना कैदीबन्दीले गरे आत्मदाहको प्रयास
शनिवार २ साउन, २०८३
इरानविरुद्ध युद्ध थप चर्काउने तयारीमा ट्रम्प, इजरायलमा थप दर्जनौं रिफ्युलिङ विमान पठाइँदै
शनिवार २ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०