एमाले विराटनगर कमिटी दोस्रो अधिवेशनको प्रतिनिधि छनोट सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २८ चैत, २०८१
१ वर्षअघि

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न भएको छ ।

वैशाख २ र ३ गते विराटनगर स्थित एमाले प्रदेश पार्टी कार्यालयमा सम्पन्न हुने दोस्रो अधिवेशनका लागि वडा तथा जनसंगठनबाट आउने प्रतिनिधि छनोट सम्पन्न भएको हो ।

चैत २२ गते बसेको महानगर कमिटीको दोस्रो सचिवालय कमिटीको बैठकको निर्णयअनुसार चैत २८ गते महानगरको १९ वटै वडाबाट र आज जनसंगठनबाट आउने प्रतिनिधिहरूको छनोट सम्पन्न भएको हो ।

महानगर कमिटीका प्रवक्ता एवम् प्रचार उपसमिति संयोजक राम पोखरेलका अनुसार महानगर अधिवेशनका लागि महानगर १९ वटै वडाबाट २२० जना प्रतिनिधि छनोट भएका छन् ।

भूगोलबाट प्रतिनिधि छनोट भएका २२० जना मध्ये खुला क्षेत्र बाट ११५ जना , महिला ६८ जना र युवाबाट ३७ जनाको सहभागिता रहने छ।

त्यस्तै , महानगरमा क्रियाशील १६ जनसंगठनबाट ७९ जना प्रतिनिधि छनोट हुनुभएको हो पोखरेलले जानकारी दिए ।

पोखरेलले क्रियाशील जनसंगठन मध्ये अधिवेशनलाई थप समावेशी तथा प्रतिनिधिमूलक बनाउन अखिल नेपाल महिला संघ , नेपाल उत्पीडित जातीय मुक्ति समाज र नेपाल ट्रेड युनियन महासंघ ( जिफण्ट ) बाट १० जनाको प्रतिनिधित्व सुनिश्चित गरेको तथा अन्य जनसंगठनको हकमा पार्टीको निर्णय बमोजिम प्रतिनिधि चयन समेत बताए ।

महानगर कमिटीका अध्यक्ष रोहित कोइरालाले भूगोलबाट २२० जना , जनसंगठनबाट ७९ र १५ जना मनोनित गरेर अधिवेशनमा ३१४ जना प्रतिनिधिको सहभागिता रहने जानकारी दिए ।

कोइरालाले १५ जना प्रतिनिधि मनोनयन गर्दा प्रतिनिधित्व गर्न छुटेको क्षेत्र तथा समुदायका व्यक्तिहरुलाई प्राथिमिकता दिने बताए ।

एमाले कोशी प्रदेश कमिटी सदस्य तथा विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले अधिवेशनको उद्घाटन पार्टीका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले गर्ने बताए ।

बस्नेतले वैशाख २ गते विराटनगरको रोडशेष क्षेत्रबाट विभिन्न जातीय संस्कृति झल्किने झाँकीसहित र्‍यालीको आयोजनासमेत गरिने बताए ।

चैत २२ गते बसेको महानगर कमिटीको दोस्रो सचिवालय बैठकले अधिवेशन सम्पन्न अध्यक्ष रोहित कोइरालाको नेतृत्वमा सबै वडाको वडा अध्यक्ष तथा सचिवको सहभागिता रहने २५१ मुल व्यवस्थापन समिति तथा थप ९ वटा उपसमिति बनाइसकेको छ ।

प्रकाशित समय: शुक्रबार २८ चैत, २०८१, १९:०८:४४
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
निर्वाचन आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने
मङ्गलबार ५ साउन, २०८३
जानकी मन्दिरमा हर्क साम्पाङको प्रवेशमा विवाद, दर्शन नगरी फर्किए
मङ्गलबार ५ साउन, २०८३
कर्णालीका पूर्वाधारको स्थलगत अनुगमनमा मन्त्री लम्साल
मङ्गलबार ५ साउन, २०८३
कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर
मङ्गलबार ५ साउन, २०८३
काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा
सोमबार ४ साउन, २०८३
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
सोमबार ४ साउन, २०८३
दिल्लीमा संसद भवनतर्फ लागेका काक्रोच पार्टीका कार्यकर्तामाथि प्रहरीले गरे लाठी चार्ज
सोमबार ४ साउन, २०८३
सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने
सोमबार ४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०