प्रधानमन्त्री ओलीको सुरक्षाका लागि जंगलका रुख-रुखमा सिसी क्यामरा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २६ चैत, २०८१
१ वर्षअघि

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार (आज) कोशी प्रदेश सरकारले आयोजना गरेको ‘पर्यटन वर्ष २०८२’ को उद्घाटन गर्दै छन् ।

लालीगुराँसको राजधानी तीनजुरेमा कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन वर्षको थालनी गर्दै छ ।

Advertisement

आरआर गार्डेनबाट सुरुआत हुने पर्यटन वर्षको उद्घाटनका लागि प्रधानमन्त्री ओलीको आगमन हुँदै छ ।

उनको आगमनको तयारीमा तेह्रथुमको गुराँसको जंगलमा सिसी क्यामरा जडान गरिएको छ ।

प्रधानमन्त्रीको शान्ति सुरक्षालाई मध्यनजर गर्दै मुलगेट, कार्यक्रमस्थल लगायत क्षेत्रमा सीसी क्यामरा जडान गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक जसबहादुर लिम्बुले मुख्य गेटमा क्यामरा जडान गरिसकेको र स्टेजमा प्राविधिकहरूले बिहानसम्म क्यामरा जडान गर्ने जानकारी दिए ।

कार्यक्रम स्थल आसपास करिब एक दर्जन स्थानमा सिसी क्यामेरा जडान गरेको सुरक्षा स्रोतले जनाएको छ ।

यद्यपि, सुरक्षा थ्रेट भने नरहेको प्रहरी निरीक्षक लिम्बुले बताएका छन् ।

‘हामीले उच्च सुरक्षा अपनाएका छौं । पहिचानवादीको केही थ्रेट हुन्छ कि भन्ने चासो थियो । तर, प्रहरीले नै सीसी क्यामराबाट पनि निगरानी गर्ने भएकाले थ्रेट छैन’ एक उच्च प्रहरी अधिकृतले भने ।

यसअघि लालीगुराँस फुलाउन सरकारले दमकलबाट पानी लगाएपछि चौतर्फी आलोचना भएको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो
बिहिबार २२ असोज, २०८३
नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग
बिहिबार २२ असोज, २०८३
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०