यी हुन् पाँचथरमा डढेलोबाट ज्यान गुमाउने दुई जना, अरू चार घाइते

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २१ चैत, २०८१
१ वर्षअघि

पाँचथर । पाँचथरमा जंगलमा सल्किएको आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

डढेलोबाट फिदिम नगरपालिका १३ का ४७ वर्षीया उषाकला राई नेम्वाङ र कुम्मायक ३ का २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको ज्यान गएको हो ।

बिहीबार दिउँसो दाउरा खोज्न गएकी राई फिदिम १३ को जौवारी जंगलमा सल्केको डढेलोमा फस्दा गम्भीर घाइते भएकी थिइन् ।

उनलाई काठमार्डौको बर्न अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

यस्तै, कुम्मायक ३ को जंगलमा लागेको डढेलोमा फसेकी स्थानीय प्रतिमा सम्बाहाम्फेको बिहीबार राति निधन भएको थियो ।

कुम्मायक गाउँपालिका-३ ताम्राखुका अमरसिंह थापा र पदम खड्काको नीजि बनमा लागेको डढेलोमा पर्दा घाइते भएका थप दुई जनालाई उपचारका लागि विराटनगरको सिटी अस्पतालमा भर्ना गरिएको छ ।

२८ वर्षीया सपना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फेलाईलाई विराटनगर पुर्‍याइएको र अवस्था जटिल रहेको पारिवारिक स्रोतले जनाएको छ ।

आगोमा जल्दा निभाउने क्रममा कुम्मायक १ का ५५ वर्षीय धनबहादुर विश्वकर्माको पनि खुट्टा भाँचिएको छ भने कुम्मायक ३ की ११ वर्षीया सिवाना सम्वाहाम्फे घाइते छन् ।

कुम्मायकमा भएको आगलागीमा सात जना सर्वसाधारणको घर जलेको छ ।

साथै आगलागीबाट ४० लाख रुपैयाभन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विनालाल साह (तेली) ले जनाएका छन् ।

प्रकाशित समय: शुक्रबार २१ चैत, २०८१, १३:५४:४८
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
निर्वाचन आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने
मङ्गलबार ५ साउन, २०८३
जानकी मन्दिरमा हर्क साम्पाङको प्रवेशमा विवाद, दर्शन नगरी फर्किए
मङ्गलबार ५ साउन, २०८३
कर्णालीका पूर्वाधारको स्थलगत अनुगमनमा मन्त्री लम्साल
मङ्गलबार ५ साउन, २०८३
कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर
मङ्गलबार ५ साउन, २०८३
काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा
सोमबार ४ साउन, २०८३
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
सोमबार ४ साउन, २०८३
दिल्लीमा संसद भवनतर्फ लागेका काक्रोच पार्टीका कार्यकर्तामाथि प्रहरीले गरे लाठी चार्ज
सोमबार ४ साउन, २०८३
सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने
सोमबार ४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०