राजावादीले लगाइदिए आगो, फोटो-भिडियो खिच्दै गर्दा एक्कासि दन्किएको आगोले निल्यो पत्रकारलाई

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १४ चैत, २०८१
२ वर्षअघि

काठमाडौं । शुक्रबार दिउँसोतिर राजसंस्था पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादीहरूले प्रदर्शन चर्काइरहेका थिए ।

काठमाडौंको तीनकुनेमा जारी उक्त प्रदर्शनमा फोटो-भिडियो खिचिरहेका थिए, एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक ।

Advertisement

तीनकुनेस्थित रोयल बैंक्वेट नजिकैको घरमा बसेर फोटो-भिडियो खिचिरहेका रजक चौथो तलामा चढे ।

प्रदर्शन चर्किँदै जाँदा रजक चढेको घरमै राजावादीले ढुंगामूढा गर्न थाले । राजावादीहरूले शुरुमा तोडफोड गरेर त्यसपछि घरमै आगो लगाएका थिए ।

सो भवनको चौथो तलामा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका पत्रकार रजकको जलेर मृत्यु भयो ।

उनी एभिन्यूज टेलिभिजनका क्यामेराम्यान हुन् ।

प्रहरीसँगको झडपपछि तीनकुने क्षेत्रमा अवस्थित मार्बल हाउसमा आगजनी गरिएको थियो । त्यही उनले अकालमा ज्यान गुमाउनुपर्‍यो ।

एभीन्युजका पत्रकार रजक घरको छतबाट आन्दोलनको भिडियो तथा फोटो खिच्न गएको बखत अचानक घरमा आगजनी भएपछि बाहिर निस्किन नपाएको नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए ।

आगलागी भएको घरको चौथो तलामा पत्रकार रजकको शव भेटिएको आचार्यले बताए ।

रजकका भान्जा राजेशका अनुसार मामा सुरेश रजकको राजावादीले आगो लगाएको घरमा जलेर मृत्यु भएको छ । तर शव नचिनिने अवस्थामा रहेको हुँदा प्रहरीले हस्तान्तरण नगरेको उनले बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराटनगर किङ्सले भारतमा प्रशिक्षण गर्दै
शुक्रबार २३ असोज, २०८३
दिल्लीमा कक्रोच पार्टीको आन्दोलन रोक्न २० हजार प्रहरी परिचालन
शुक्रबार २३ असोज, २०८३
दशैं बिदामा पनि खुला रहने काठमाडौं जिल्ला अदालत
शुक्रबार २३ असोज, २०८३
सुनको मूल्य २ हजार ९ सयले बढ्यो, प्रतितोला २ लाख ९५ हजार ७ सय
शुक्रबार २३ असोज, २०८३
पोखरामा स्कुल बस भीरबाट खस्यो, पाँच जनाको मृत्यु
शुक्रबार २३ असोज, २०८३
कांग्रेस महाधिवेशनमा दुई घण्टामै १ हजार २९३ मत खस्यो
शुक्रबार २३ असोज, २०८३
Tribhuwan University image
त्रिविको दीक्षान्त समारोह यसपटक सातै प्रदेशमा हुने
शुक्रबार २३ असोज, २०८३
२१ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ
शुक्रबार २३ असोज, २०८३
१३ सैनिकको हत्या गर्ने पूर्वमेजरको मृत्युदण्डलाई प्रत्यक्ष प्रसारण गर्ने ट्रम्प प्रशासनको तयारी
शुक्रबार २३ असोज, २०८३
एन्फा अध्यक्ष र महासचिवसहित चार जनाविरुद्ध मुद्दा दायर
शुक्रबार २३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०