हाेटलमा बाेलाएर बलात्कार गरेको भन्दै विराटनगरका प्रहरी जवानविरुद्ध जाहेरी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १३ चैत, २०८१
१ वर्षअघि

विराटनगर । हाेटलमा बाेलाएर बलात्कार गरेको भन्दै विराटनगरका प्रहरी जवानविरुद्ध किटानी जाहेरी परेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा चिनजान भएकी किशोरीले विराटनगर महानगरपालिका-१५ घर भई कोशी प्रदेश प्रहरी गणमा कार्यरत साह थरका प्रहरी जवानविरुद्ध जाहेरी दिएकी हुन् ।

विवाहको प्रलोभन देखाएर बलात्कार गरेको आरोपसहित १९ वर्षीया किशोरीले इलाका प्रहरी कार्यालय बिर्तामोड झापामा किटानी जाहेरी दिएकी हुन् ।

उनले जाहेरीमा आफूलाई बिहेको आश्वासन दिएर गत भदौमा सुरुंगास्थित होटल क्विन प्यालेसमा भेट्न बोलाएको र बलात्कार गरेको उल्लेख गरेकी छन् । उनीहरूबीच २०८१ साल जेठदेखि फेसबुकमा चिनजान भएको थियो ।

सामाजिक सञ्जालमा नै साहले ती किशोरीलाई विवाह गर्ने आश्वासन दिएपछि भेटघाट हुने गरेको पीडित युवतीले जाहेरीमा उल्लेख गरेकी छन् ।

जाहेरीअनुसार साहले किशोरीलाई गत भदौ ७ गते सुरुगांमा भेट्न बोलाएका थिए । कोठामा छिरेलगत्तै शाहले जबरजस्ती अँगालो हालेर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

भेटका क्रममा रात परिसकेको भन्दै होटलमै बस्न भनेको उनको भनाइ छ । आफू घर फर्किन खोज्दा ‘तिमीलाई एक्लै छोड्दिनँ, केही हुँदैन’ भन्दै होटलमा राखेको जाहेरीमा उल्लेख छ ।

प्रहरीले भने यस विषयमा अनुसन्धान थालेको जनाएको छ । तथापि, अहिलेसम्म पक्राउ पुर्जी जारी नभएको प्रहरीले जनाएकाे छ ।

झापाका पत्रकार र अधिकारकर्मी गुहारेकी ती किशोरीले साहले बिहे नगर्ने भनेपछि आफूले धेरै पटक आत्महत्याको प्रयास गरेकोसमेत बताएकी छन् । उनले केही दिनअघि पत्रकारसँग कुरा गर्दै उनले आफूलाई केही दिनसम्म बिहेको आश्वासन दिएको बताइन् ।

प्रकाशित समय: बिहिबार १३ चैत, २०८१, १८:१२:५४

सम्बन्धित खबर

भारत भ्रमणमा रहेका रवि लामिछानेले गरे विदेशमन्त्री एस जयशंकरसँग भेट
मङ्गलबार १९ जेठ, २०८३
रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता हुने
मङ्गलबार १९ जेठ, २०८३
स्थानीय निर्वाचनको तयारीमा एमाले : मोरङका १७ वटै पालिकामा शीर्ष नेताको ‘फिल्ड कमाण्ड’
मङ्गलबार १९ जेठ, २०८३
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक
मङ्गलबार १९ जेठ, २०८३
रास्वपा निर्वाचन विभाग प्रमुखमा केसी
मङ्गलबार १९ जेठ, २०८३
माल्दिभ्समा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
मङ्गलबार १९ जेठ, २०८३
‘हर्कजस्ता अर्गानिक नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ, हाइब्रिड नेताले देशलाई सुख दिएनन्’
मङ्गलबार १९ जेठ, २०८३
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ
मङ्गलबार १९ जेठ, २०८३
भारतसँगको सम्बन्ध विश्वासमा आधारित हुनुपर्छ, सीमा विवाद अनन्तकालसम्म लम्ब्याउन हुँदैन : रवि लामिछाने
मङ्गलबार १९ जेठ, २०८३
बजेटमाथि आजदेखि प्रतिनिधिसभामा छलफल, अर्थमन्त्रीले प्रस्ताव पेश गर्ने
मङ्गलबार १९ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०