पोखराको लेकसाइडबाट ७० वर्षीया अमेरिकी नागरिक अपहरित, तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १३ चैत, २०८१
१ वर्षअघि

विराटनगर । पोखरा महानगरपालिका-६ लेकसाइडस्थित एक होटेलबाट अमेरिकी नागरिकलाई अपहरण गर्ने एक महिला परेकी छन् ।

सोमबार अमेरिकन राहदानी वाहक ७० वर्षीया वृद्धा अपहरण परेकी थिइन् । उनलाई प्रहरीले हेटौंडा उपमहानगरपालिका १९ स्थित नेवारपानीबाट अपहरण मुक्त गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा ती वृद्धालाई अपहरणमुक्त गरिएको हो ।

ती वृद्धालाई अपहरण गरेको आरोपमा प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका-४ बस्ने ३७ वर्षीया सरिता लामालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी गराएपछि ती महिलासहित लामालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

उनका अनुसार अपहरणमा पर्नेमा भारतीय मूलको अमेरिकी नागरिक रहेकी छन् ।

आफ्नो साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ती वृद्धा अपहरणमा परेकी थिइन् ।

अपहरणपछि तीन लाख युरो फिरौती माग गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जानकारी गराएपछि प्रहरीले खोजी गर्ने क्रममा नेवारपानीबाट अमेरिकी नागरिकलाई सकुशल उद्धार गरेको थियो ।

पक्राउ परेकी लामाविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित समय: बिहिबार १३ चैत, २०८१, १०:३९:०४
इरान–अमेरिका शान्ति वार्ताको नयाँ चरणका लागि अमेरिकी प्रतिनिधि इस्लामाबाद प्रस्थान
शनिवार १२ ब‌ैशाख, २०८३
लिग–२ मा नेपालको सानदार जित: यूएई ३७ रनले पराजित
शनिवार १२ ब‌ैशाख, २०८३
धनकुटामा अब घरमै राहदानी, हुलाकमार्फत सेवा सुरु
शनिवार १२ ब‌ैशाख, २०८३
प्रधानाध्यापकलाई थर्काएको भिडियोपछि सांसद पोखरेलको माफी
शनिवार १२ ब‌ैशाख, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी
शनिवार १२ ब‌ैशाख, २०८३
झापामा ‘स्वीप अपरेशन’ : दुई दिनमै १२८ जना पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
पर्वतमा चट्याङ लागेर महिलाको मृत्यु
शनिवार १२ ब‌ैशाख, २०८३
इरानी विदेशमन्त्री अराघची र पाकिस्तानका सेना प्रमुखबीच भेटवार्ता
शनिवार १२ ब‌ैशाख, २०८३
तत्कालीन किष्ट बैंक घोटालामा फरार रहेका रोहितलाल श्रेष्ठ पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर सरकार अगाडि बढिरहेको छ’
शनिवार १२ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०