जब विद्यत् प्राधिकरणकै बोर्डमा लेखियो, ‘केपी चोर, देश छोड’

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ११ चैत, २०८१
२ वर्षअघि

चितवन । नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्द लेखिएको विषयमा सिडिओले स्पष्टीकरण सोधेका छन् ।

सोमबार मध्यान्न करिब एक घन्टाभन्दा लामो समय ‘केपी चोर देश छोड’ लेखिएको विषयलाई लिएर चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले स्पष्टीकरण सोधेका हुन् ।

Advertisement

देशका प्रधानमन्त्रीविरुद्ध लेखिएका आपत्तिजनक नारा सरकारी निकायकै डिजिटल बोर्डमा कसरी डिस्प्ले भएको विषय अहिले सामाजिक सञ्जालमा छरपष्ट छ ।

कार्यालय समयभित्रै यस्तो हुन गएको कारणबारे विद्युत प्राधिकरण भरतपुरले कुनै पनि औपचारिक सूचना बाहिर ल्याएको छैन ।

यो विषयमा विरोध जनाउन मंगलबार बिहान करिब १० बजे एमालेका युवाहरु विद्युत कार्यालयमा ध्यानाकर्षण पत्र लिएर गएका थिए ।

त्यस क्रममा नेकपा एमाले निकट युवा संघ तथा अनेरास्ववियु चितवनका कार्यकर्ताहरु कार्यालय प्रमुख रामु श्रेष्ठविरुद्ध खनिएको र हातपातसमेत गरेको आरोप लागेको छ ।

श्रेष्ठले आफूलाई युवा संघका कार्यकर्ताले आफूलाई हातपात गरेको बताए । आफूले कुटाइ खाएको र कार्यालयसमेत तोडफोड गरिएको उनको भनाइ छ ।

पनि युवा संघका विद्यार्थीहरूले कुटेको जानकारी आएको बताएका छन् । उनले कार्यालय प्रमुख श्रेष्ठलाई बाहिरी चोट भने नभएको उनले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार प्राधिकरण भरतपुर वितरण केन्द्रले डिजिटल बोर्डका विषयमा कुनै आधिकारिक धारणा दिएको छैन ।

‘हामीले स्पष्टीकरण सोधेर पठाएका छौँ, प्राधिकरणले जवाफ पठाइसकेको छैन,’ उनले भने ।

कसले हाल्छ बोर्डमा कन्टेन्ट ?

विद्युत प्राधिकरण भरतपुरको डिजिटल बोर्डमा विद्युत प्राधिकरण भरतपुरले नै कन्टेन्ट हाल्ने गरेका छन् । कार्यालय प्रमुख श्रेष्ठसँग नै बोर्डको कन्टेन्ट हाल्ने पासवर्ड हुन्छ ।

तर, हिजो दिउँसो कार्यालय समयमा नै गएको कन्टेन्ट आफूले नहालेको प्रमुख श्रेष्ठले बताएका छन् ।

उनले आफू बाहेक कार्यालयका एक जना इन्जिनियरसँग पनि डिजिटल बोर्डको पासवर्ड रहेको बताए । कार्यालय समयमा प्रधानमन्त्री लक्षित कन्टेन्ट पासवर्ड ह्याक गरेर हालिएको दाबी उनले गरेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग
बिहिबार २२ असोज, २०८३
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०