उदयपुरमा रोकिराखेको ट्र्याक्टरमा तीव्र गतिको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३० फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-८ स्थित सरस्वती पुलनजिकै मदन भण्डारी लोकमार्गमा रोकिराखेको ट्र्याक्टरमा तीव्र गतिको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार राति ९ः३० बजेतिर भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-७ भान्टावारी निवासी अन्दाजी ३४ वर्षीय भुवन राईको मृत्यु भएको हो ।

Advertisement

गाईघाटबाट चुहाडेतर्फ फर्की रोकिराखेको प्रदेश २-०१-००१त २३०१ नम्बरको ट्याक्टरलाई सोही दिशातर्फ जाँदै गरेको बा.६४ प ५१७ नम्बरको १२५ सिसी क्षमताको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा राई गम्भीर घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएकोमा चेकजाँच गर्दा उनको मृत्यु भइसकेको अस्पतालका डाक्टरले घोषणा गरेका थिए ।

ट्याक्टर चालक उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका-६ निवासी अन्दाजी २८ वर्षीय कुल बहादुर मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा लिइएको छ ।

मोटरसाइकल र ट्याक्टर समेत प्रहरीको नियन्त्रणमा रहेको छ ।

घटनास्थल जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरबाट अन्दाजी ६ किलोमिटर पश्चिममा पर्छ । प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाको कारण मोटरसाइकलको तीव्र गति रहेको जनाइएको छ ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०