अनुहारमा होलीको रङ लगाएर सेन्ट्रल मल प्रवेश गर्न नपाइने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । फागुन शुक्ल पूर्णिमाका दिन परम्परागत रूपमा हर्षोल्लासका साथ मनाइने फागु अर्थात् होली पर्वको रौनक आज पहाडी तथा हिमाली जिल्लाहरूमा छ ।

वसन्त ऋतुको आगमनसँगै आउने यो पर्व आज पहाडी र हिमाली जिल्लाहरूमा मनाइए पनि तराईका केही स्थानमा पनि मनाइएको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरमा पनि आजै होलीको रौनक देखिएको थियो । अनुहारमा विभिन्न प्रकारका रङ लगाएर बाटोमा हिँडिरहेको र होलीका लागि चाहिने सामग्री किन-बेच गरिरहेको देख्न सकिन्छ ।

यसबीचमा विराटनगरको सेन्ट्रल मलले सुरक्षाको दृष्टिकोणलाई मध्येनजर गरेर होलीको अवसरमा अनुहारमा रङ लगाएका ग्राहकहरूलाई प्रवेश गर्न निषेध गरेको छ ।

मलका सुरक्षा गार्डहरूले बिहीबार साँझतिर नचिनिने गरी अनुहारमा रङ लगाएर आएका ग्राहकहरूलाई रोकेका हुन् ।

सुरक्षा गार्डहरूले अनुहारको रङ पुछेर मात्र मल प्रवेश गर्न अनुमति दिइरहेका छन् । यस निर्णयपछि ग्राहकहरूको मिश्रित प्रतिक्रिया देखिएको छ ।

केही ग्राहकहरूले बिना कुनै झन्झट रङ पुछेका छन् भने अन्य केहीले भने यस निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

“चाडपर्वअनुसार रङ दलेरै जाँदा पनि केही नहुने” भन्दै केही ग्राहकहरूले सुरक्षा गार्डहरूसँग बहस गरिरहेको पनि देखिएको थियो ।

मलका व्यवस्थापकका अनुसार यो निर्णय सुरक्षाको कारणले गरिएको हो, जसले गर्दा सबै ग्राहकहरूको पहिचान स्पष्ट हुन सकोस् ।

सिसिटिभी फुटेजमा ग्राहकहरूको अनुहार स्पष्ट नदेखिने भएकाले कुनै अप्रिय घटेमा पहिचान तथा अनुसन्धानका लागि सहज हुने मलका सुरक्षा गार्डहरूको भनाइ छ ।

प्रकाशित समय: बिहिबार २९ फाल्गुण, २०८१, १८:२९:५९

सम्बन्धित खबर

बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन

शुक्रबार ९ असोज, २०८३
३ घण्टाअघि

 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए

शुक्रबार ९ असोज, २०८३
४ घण्टाअघि

आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो

शुक्रबार ९ असोज, २०८३
६ घण्टाअघि

एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात

शुक्रबार ९ असोज, २०८३
६ घण्टाअघि

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द

शुक्रबार ९ असोज, २०८३
८ घण्टाअघि

बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड

शुक्रबार ९ असोज, २०८३
९ घण्टाअघि
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०