पहाड एवम् हिमालमा आज हर्षोल्लासका साथ होली मनाइँदै

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ फाल्गुण, २०८१
१ वर्षअघि

विराटनगर । पहाडी तथा हिमाली जिल्लासहित काठमाडौं उपत्यकामा आज (बिहीबार) होली पर्व मनाइँदैछ ।

फागुन शुक्ल पूर्णिमाका दिन परम्परागत रूपमा हर्षोल्लासका साथ फागु अर्थात् होली पर्व मनाउने प्रचलन रहेको छ ।

वसन्त ऋतुको आगमनसँगै आउने यो पर्वले आपसी मेलमिलाप र सद्भावनाको सन्देश बोकेको छ ।

परम्परागत रूपमा विभिन्न रङ र लोला खेलेर मनाइने यो पर्व पछिल्लो समय बढी सभ्य र व्यवस्थित हुँदै गएको छ ।

स्थानीय प्रशासनले अप्रिय घटना रोक्न कडा सुरक्षा व्यवस्था गरेको छ ।

काठमाडौंको वसन्तपुरमा फागुन शुक्ल अष्टमीदेखि गाडिएको चीरलाई आज विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाइनेछ ।

चीरमा राखिएका ध्वजापताका औषधोपचारमा उपयोगी हुने र चीरको खरानीको टीका लगाउँदा अनिष्ट टरिने विश्वास छ ।

आज राति ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि ल्याइएको १० पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्रको ‘जधु’ नामक धारामा चुठाउने चलन पनि रहेको छ ।

होली पर्वको उत्पत्ति विभिन्न पौराणिक कथासँग जोडिएको छ ।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुकी बहिनी होलिका आगोमा भष्म भएको र भक्त प्रह्लाद बचेको किम्बदन्ती छ ।

त्यसैगरी, श्रीकृष्णलाई मार्न आएकी राक्षसी पुतनालाई जलाएर व्रजबासीले फागु महोत्सव मनाएको कथा पनि धर्मग्रन्थमा उल्लेख छ ।

आयुर्वेदिक दृष्टिकोणबाट, राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने र शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुने मान्यता छ ।

चीरको धुवाँले शीतकालका रोगका कीटाणु निर्मूल हुने विश्वास पनि रहिआएको छ ।

तराई क्षेत्रमा भने होली भोलि शुक्रबार मनाइनेछ। सरकारले होलीको उपलक्ष्यमा सार्वजनिक बिदा दिने परम्परा रहेको छ ।

होली नेपाल र भारतमा मात्र नभएर इटाली, चीन, अमेरिका, श्रीलंका, इन्डोनेसिया, म्यान्मार, थाइल्यान्ड, जापान र इजिप्ट लगायतका देशहरूमा पनि आ-आफ्नै तरिकाले मनाइने गरिन्छ ।

यो पर्व असत्यमाथि सत्यको विजय, पारिवारिक एवं सामाजिक एकताको प्रतीकका रुपमा प्रचलित छ ।

प्रकाशित समय: बिहिबार २९ फाल्गुण, २०८१, ०६:५८:२३
इरान–अमेरिका शान्ति वार्ताको नयाँ चरणका लागि अमेरिकी प्रतिनिधि इस्लामाबाद प्रस्थान
शनिवार १२ ब‌ैशाख, २०८३
लिग–२ मा नेपालको सानदार जित: यूएई ३७ रनले पराजित
शनिवार १२ ब‌ैशाख, २०८३
धनकुटामा अब घरमै राहदानी, हुलाकमार्फत सेवा सुरु
शनिवार १२ ब‌ैशाख, २०८३
प्रधानाध्यापकलाई थर्काएको भिडियोपछि सांसद पोखरेलको माफी
शनिवार १२ ब‌ैशाख, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी
शनिवार १२ ब‌ैशाख, २०८३
झापामा ‘स्वीप अपरेशन’ : दुई दिनमै १२८ जना पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
पर्वतमा चट्याङ लागेर महिलाको मृत्यु
शनिवार १२ ब‌ैशाख, २०८३
इरानी विदेशमन्त्री अराघची र पाकिस्तानका सेना प्रमुखबीच भेटवार्ता
शनिवार १२ ब‌ैशाख, २०८३
तत्कालीन किष्ट बैंक घोटालामा फरार रहेका रोहितलाल श्रेष्ठ पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर सरकार अगाडि बढिरहेको छ’
शनिवार १२ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०