कान्तिपुरको वार्षिकोत्सव : साइनिङ स्टारका विजेता पुरस्कृत

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २५ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१० मेनरोडमा अवस्थित कान्तिपुर कलेजले ‘साइनिङ स्टार’ नामक नृत्य प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरेको छ ।

१० औं वार्षिकोत्सवको अवसरमा आइतबार भव्य कार्यक्रमको आयोजना गरी कलेजले उक्त प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पुरस्कृत गरेको हो ।

Advertisement

कलेजका विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित ‘कान्तिपुर साइनिङ स्टार–२०८१’ मा अविसा लिम्बु प्रथम बनेकी थिइन् ।

यस्तै, द्वितीय स्नेहा भण्डारी र तृतीय निकिता भुजेल भइन् ।

विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनमा सघाउ पुर्‍याउने यस प्रतियोगिताका विजेताहरूले क्रमशः पाँच हजार एक सय, चार हजार एक सय र तीन हजार एक सय रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताको निर्णायकहरुमा नृत्य निर्देशक मनोज राजवंशी, समीक्षा कार्की र अन्जु गौतम रहेकी थिइन् ।

कक्षा ११ सम्म विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, र कम्प्युटर विज्ञान पठाइ हुने उक्त कलेजमा २०७२ सादेखि नयाँ व्यवस्थापन आएर स्कुल र कलेज सञ्चालनमा ल्याएपछि सर्वोउत्कृष्ट नतिजा ल्याउन सफल भएको कलेजका प्रिन्सिपल भेषराज नेपाल ‘भुवन’ ले बताए ।

कान्तिपुर स्कुलमा पढेका विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाउने र देशको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले अगाडि बढेको उनको भनाइ छ ।

विद्यालयका अध्यक्ष खुसीराज श्रेष्ठको सभापतित्वमा उक्त कार्यक्रम भएको हो ।

शुक्रबारदेखि सुरु भएको तीन वार्षिकोत्सव कार्यक्रमको पहिलो दिन बालकक्षादेखि ३ सम्मका विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत प्रस्तुत गरेका थिए ।

शनिबार कक्षा ४ देखि १० कक्षासम्मका विद्यार्थीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

तेस्रो दिन आज कक्षा ११ र १२ का विद्यार्थीहरूले प्रतिभा देखाए ।

वार्षिकोत्सवको अवसर पारेर आजै कान्तिपुर कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई बिदाइ गरेको थियो ।

यसअघि शुक्रबार वार्षिकोत्सव तथा अभिभावक दिवसको औपचारिक कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरेका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
३५ देशका १३० टोलीलाई पछि पार्दै बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक
शुक्रबार २३ असोज, २०८३
दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा यात्रुको भीड
शुक्रबार २३ असोज, २०८३
गगनको नाममा बाँडिएका प्यानल सूची ‘फेक’ हुन्ः विश्वप्रकाश शर्मा
शुक्रबार २३ असोज, २०८३
पोखरामा स्कुल बस दुर्घटना, १८ बालबालिका घाइते
शुक्रबार २३ असोज, २०८३
मतदान गर्न राष्ट्रिय सभागृह पुगे गगन थापा
शुक्रबार २३ असोज, २०८३
दुर्गा प्रसाईंले पाए ‘नेपाल पथ दल’ दर्ताको प्रमाणपत्र
शुक्रबार २३ असोज, २०८३
फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो
बिहिबार २२ असोज, २०८३
नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग
बिहिबार २२ असोज, २०८३
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०