विराटनगरको कान्तिपुर स्कुल १०औं वर्षमा प्रवेश

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २३ फाल्गुण, २०८१
१ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका-१० मा अवस्थित कान्तिपुर स्कुलको १० औं वार्षिकोत्सव शुक्रबारबाट सुरु भएको छ ।

आगामी तीन दिनसम्म हुने वार्षिकोत्सव तथा अभिभावक दिवसको आज औपचारिक कार्यक्रम गरी थालनी भएको हो ।

कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरेका थिए ।

त्यसअघि स्कुलको प्रवेशद्वारदेखि नै पञ्चकन्या र विभिन्न पारम्पारिक भेषभुषामा सजिएका छात्रछात्रा अनि स्काउटका विद्यार्थीहरूले आगन्तुकहरूलाई स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले रोजगारमुखी शिक्षा प्रदान गरेर दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।

विराटनगरलाई शिक्षाको हब बनाइ राख्नका लागि युग सुहाउँदो गुणस्तरीय शिक्षाका लागि विद्यालय र कलेजहरू ध्यान पुग्नु अपरिहार्य रहेको कोइरालाको भनाइ छ ।

पछिल्लो समय केही अतिरिक्त क्रियाकलाप भइरहेको भए पनि शिक्षण विधि परम्परागत नै रहेकोले समय सुहाउँदो सुधार गर्ने धारणा उनको छ ।

विराटनगरका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई व्यवसायिक सीपमूलक तालिम दिएर सीपयुक्त बनाउने अभियान विराटनगर महानगरले सुरु गर्ने तयारी गरेको बताउँदै उनले त्यसका लागि प्रधानमन्त्री र शिक्षा मन्त्रीसँग संवाद गरिसकेको पनि सुनाए ।

यता, कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल भेषराज नेपाल ‘भुवन’ ले सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनति प्रध्यापक, शिक्षक-शिक्षिकाहरूका कारण कान्तिपुर स्कुल सधैं अगाडि रहेको बताए ।

कान्तिपुर एजुकेसनल फाउन्डेसन प्रालिले १० वर्षअघि १६२ जना विद्यार्थीबाट सुरु गरेको कान्तिपुरमा हाल करिब तीन हजार बढी विद्यार्थी संख्या पुगेको प्रिन्सिपल नेपालले बताए ।

समयसापेक्षित शैक्षिक गुणस्तरमा सुधारका साथै विद्यार्थी र शिक्षकको मिहिनेत र अभिभावकको मायाले फाउण्डेसनले अहिलेको सफलता प्राप्त गरेको उनको भनाइ छ ।

अघिल्लो वर्षको हिसान क्रिकेटको विजेता हुनु र हिसान पुरुष भलिबलतर्फ उपविजेता हुनुले पनि स्कुलले अतिरिक्त क्रियाकलापमा कान्तिपुर अब्बल रहेको साबित हुने प्रिन्सिपल नेपाल बताउँछन् ।

स्वागत मन्तब्य राख्दै स्कुलका भाइस प्रिन्सिपल देवीलाल महतोले विद्यार्थीहरूलाई सीप र संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यालय अगाडि बढेको बताए ।

उद्घाटन कार्यक्रममा विराटनगर-१० का वडाध्यक्ष अर्जुन गिरी, शिक्षा विकास समन्वय इकाई प्रमुख जीवन गड्तौला, शिक्षक-शिक्षिका र अभिभावकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको पहिलो दिन बालकक्षादेखि ३ सम्मका विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत प्रस्तुत गरेका थिए ।

शनिबार कक्षा ४ देखि १० कक्षासम्मका विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गर्ने बताइएको छ ।

आइतबार भने ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरूको लागि विशेष कार्यक्रमसहित तीन दिने कार्यक्रम गरी स्कुलले १०औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइरहेको हो ।

प्रकाशित समय: शुक्रबार २३ फाल्गुण, २०८१, १९:४२:०९
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
निर्वाचन आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने
मङ्गलबार ५ साउन, २०८३
जानकी मन्दिरमा हर्क साम्पाङको प्रवेशमा विवाद, दर्शन नगरी फर्किए
मङ्गलबार ५ साउन, २०८३
कर्णालीका पूर्वाधारको स्थलगत अनुगमनमा मन्त्री लम्साल
मङ्गलबार ५ साउन, २०८३
कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर
मङ्गलबार ५ साउन, २०८३
काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा
सोमबार ४ साउन, २०८३
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
सोमबार ४ साउन, २०८३
दिल्लीमा संसद भवनतर्फ लागेका काक्रोच पार्टीका कार्यकर्तामाथि प्रहरीले गरे लाठी चार्ज
सोमबार ४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०