उदयपुरमा पिकअपले ठक्कर दिँदा घरअगाडि बसेर चटपटे खाइरहेका दिदी-बिहिनीको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २३ फाल्गुण, २०८१
१ वर्षअघि

उदयपुर । उदयपुरमा पिकअपले ठक्कर दिँदा घरअगाडि बसेर चटपटे खाइरहेका दिदी-बिहिनीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला सप्तरी पटेर्वा घर भइ हाल जिल्ला उदयपुर त्रियुगा नगरपालिका-१२ दुर्गा टोल बस्दै आएको ललन दासको १४ वर्षीया छोरी अनुकुमारी र १२ वर्षीया देवीकुमारी रहेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका-३ हात्तीमारास्थित भित्री सडकखण्डमा डिमगेटबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्र १-०५-००१ च ००९२ नम्बरको पिकअप भेनले उनीहरूलाई ठक्कर दिएको थियो ।

बिहीबार साँझ ७ः३० बजेतिर घर अगाडि सडकपेटीमा बसेर चटपटे खाइरहेका उनीहरूलाई एक्कासि पिकअप भेनले ठक्कर दिँदा अनुकुमारी दासको अनुहार, नाक र मुखबाट ब्लड आइ जिल्ला अस्पताल उदयपुर पठाइएको थियो ।

उनलाई उपचारको क्रममा साँझ ७:२५ बजे डाक्टरले मृत घोषणा गरेका थिए । उनकी बहिनी १२ वर्षीया देवीकुमारी दासको भने घटनास्थल मै मृत्यु भएको थियो ।

प्रहरीले चालक उदयपुर त्रियुगा नगरपालिका-९ बस्ने १८ वर्षीया निरजल कटुवाललाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय: शुक्रबार २३ फाल्गुण, २०८१, ०७:०२:११
इरान–अमेरिका शान्ति वार्ताको नयाँ चरणका लागि अमेरिकी प्रतिनिधि इस्लामाबाद प्रस्थान
शनिवार १२ ब‌ैशाख, २०८३
लिग–२ मा नेपालको सानदार जित: यूएई ३७ रनले पराजित
शनिवार १२ ब‌ैशाख, २०८३
धनकुटामा अब घरमै राहदानी, हुलाकमार्फत सेवा सुरु
शनिवार १२ ब‌ैशाख, २०८३
प्रधानाध्यापकलाई थर्काएको भिडियोपछि सांसद पोखरेलको माफी
शनिवार १२ ब‌ैशाख, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी
शनिवार १२ ब‌ैशाख, २०८३
झापामा ‘स्वीप अपरेशन’ : दुई दिनमै १२८ जना पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
पर्वतमा चट्याङ लागेर महिलाको मृत्यु
शनिवार १२ ब‌ैशाख, २०८३
इरानी विदेशमन्त्री अराघची र पाकिस्तानका सेना प्रमुखबीच भेटवार्ता
शनिवार १२ ब‌ैशाख, २०८३
तत्कालीन किष्ट बैंक घोटालामा फरार रहेका रोहितलाल श्रेष्ठ पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर सरकार अगाडि बढिरहेको छ’
शनिवार १२ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०