झापा । झापाको हल्दिबारीमा जंगलीमा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-४ निवासी ७६ वर्षीय वृद्ध भीमप्रसाद भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्थानीयवासीको अनुसार वृद्ध भट्टराई आज बिहान १० बजे चौकीविरान सामुदायिक वनमा प्रवेश गरेका थिए ।
हात्तीको आक्रमणबाट मृत्यु भएका उनको शव अपराह्न ४ बजे फेला परेको थियो ।
घटनाको बारेमा थाहा पाए लगतै प्रहरीसहित जनप्रतिनिधिको टोली घटनास्थल पुगेका थिए ।
घटनाको बारेमा छानबिन भइरहेको बताउँदै प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले भने, जलथल जंगलको मध्य भागमा घटना भएकोले समस्यामा भएको र त्यसबारेमा अनुसन्धान भइरहेको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनको भनाई छ ।