प्रथम कोशी प्रदेश खेलकुद महोत्सव : झापालाई हराउँदै मोरङले जित्यो कबड्डीको उपाधि

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १४ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव- २०८१ को दोस्रो दिन प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगिताको उपाधि मोरङ जिल्लाले हात पारेको छ ।

विराटनगरस्थित दिल्ली पब्लिक स्कुलको मैदानमा बुधबार भएको स्पर्धामा झापाको टोलीलाई पराजित गर्दै मोरङले उपाधि हात पारेको हो ।

Advertisement

मोरङले झापाको २० अंकका विरुद्ध ३१ अंक हासिल गर्दै प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको हो ।

कोशी प्रदेशका १३ टिमको सहभागिता रहेको प्रतियोगितामा मोरङले उपाधि सँगै ट्रफी, मेडल र एक लाख नगद पुरस्कार प्राप्त गरेको छ ।

झापाले उपविजेताको ट्रफी, मेडल र ५० हजार नगद पुरस्कारमा चित्त बुझाएको छ ।

मोरङले सेमिफाइनलमा सोलुखुम्बुलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो भने झापाले ताप्लेजुङलाई हराएर उपाधिनजिक स्थान पक्का गरेको थियो ।

तेस्रो भएको सोलुखुम्बु र चौथो ताप्लेजुङले पनि ट्रफी र मेडल प्राप्त गरेका थिए ।

उनीहरूलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत ‘पर्शुराम’, वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी बुद्ध श्रेष्ठ, कबड्डीका संयोजक रितेश श्रेष्ठलगायतले ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०