ताप्लेजुङमा पक्राउ परेका १५ मध्ये १४ जना बाहिरी जिल्लाका

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १२ फाल्गुण, २०८१
१ वर्षअघि

फुङ्लिङ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर पक्राउ परेकामध्ये अधिकांश जिल्लाबाहिरका रहेको खुलेको छ ।

वीरेन्द्रचोकमा नो केबलकार अभियन्ता र प्रहरीबीच भएको झडपको क्रममा १५ जना पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक प्रेस विज्ञप्ति जारी गर्दै आपराधिक उपद्रव र हुलदङ्गा गर्ने अभियोगमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्ने १५ जना मध्ये ताप्लेजुङका एक जना मात्र रहेका छन् । अन्य सबै जिल्ला बाहिरका रहेका छन् । जसमा चार जना महिला रहेका छन् ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-१ निवासी ४५ वर्षका नवीन पोमू रहेका छन् । यस्तै, फिदिम नगरपालिका ११ पाँचथर निवासी २२ वर्षका एमन राई, फालेलुङ गाउँपालिका-८ घर भई हाल फिदिम नगरपालिका-१ बस्दै आएका ४० वर्षकी सुनिता केरुङ रहेका छन् ।

हिलिहाङ गाउँपालिका-६ घर भई हाल अर्जुनधारा नगरपालिका-११ निवासी ४८ वर्षका मित्र लिङदेन र मिक्लाजुङ गाउँपालिका-५ घर भई इलाम नगरपालिका-७ निवासी ५१ वर्षका योगेन्द्र लावती रहेका छन् ।

आठराई गाउँपालिका-७ तेह्रथुम घर भई हाल जिल्ला झापा अर्जुनधारा नगरपालिका ११ निवासी ३० वर्षकी दीक्षा भन्ने निर्मला बराल (दर्नाल) पक्राउ परेको प्रहरीले जनाएको छ ।

यस्तै शिवसतासी नगरपालिका २ झापा स्थायी घर भई बिर्तामोड नगरपालिका २ निवासी २० वर्षकी ईक्सा लिम्बू, अर्जुनधारा नगरपालिका ४ झापा निवासी २१ वर्षकी निहा चेम्जोङ पक्राउ परेका छन् ।

इटहरी उपमहानगरपालिका ३ सुनसरी निवासी २३ वर्षका विवेक लिम्बू, सोही निवासी १९ वर्षका जुरन राई, इटहरी उपमहानगरपालिका २ निवासी ३२ वर्षका अर्जुन भन्ने बिर्खबहादुर तामाङ, इटहरी उपमहानगरपालिका २० निवासी ३२ वर्षका अनुप सुब्बा, र इटहरी उपमहानगरपालिका १० निवासी १९ वर्षका विशेष सुब्बा रहेका छन् ।

ग्रामथान गाउँपालिका-६ मोरङ घर भई हाल सुन्दरहरैंचा नगरपालिका १० बस्दै आएका ५८ वर्षका तुलाराम तामाङ र उर्लाबारी नगरपालिका १ मोरङ निवासी ३९ को हरि लिम्बू गरी जम्मा १५ जना पक्राउ परेका छन् ।

शनिबार साँझ नो केबलका समूह र प्रहरीबीच झडप हुँदा २३ घाइते भएका छन् । झडपको क्रममा ११ जना प्रहरीसहित २३ जना घाइते भएका हुन् ।

११ जना प्रहरी र १२ जना प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये १ जना प्रहरी र तीन जना आन्दोलनरत पक्षका कार्यकर्तालाई थप उपचारको लागि जिल्लाबाहिर रेफर गरिएको छ ।

अन्यको जिल्ला अस्पतालमा उपचार गरी डिस्चार्ज भइसकेको छ भने केही प्रहरीहरूको उपचार जारी रहेको छ ।

प्रकाशित समय: सोमबार १२ फाल्गुण, २०८१, १४:५४:५९
इरान–अमेरिका शान्ति वार्ताको नयाँ चरणका लागि अमेरिकी प्रतिनिधि इस्लामाबाद प्रस्थान
शनिवार १२ ब‌ैशाख, २०८३
लिग–२ मा नेपालको सानदार जित: यूएई ३७ रनले पराजित
शनिवार १२ ब‌ैशाख, २०८३
धनकुटामा अब घरमै राहदानी, हुलाकमार्फत सेवा सुरु
शनिवार १२ ब‌ैशाख, २०८३
प्रधानाध्यापकलाई थर्काएको भिडियोपछि सांसद पोखरेलको माफी
शनिवार १२ ब‌ैशाख, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी
शनिवार १२ ब‌ैशाख, २०८३
झापामा ‘स्वीप अपरेशन’ : दुई दिनमै १२८ जना पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
पर्वतमा चट्याङ लागेर महिलाको मृत्यु
शनिवार १२ ब‌ैशाख, २०८३
इरानी विदेशमन्त्री अराघची र पाकिस्तानका सेना प्रमुखबीच भेटवार्ता
शनिवार १२ ब‌ैशाख, २०८३
तत्कालीन किष्ट बैंक घोटालामा फरार रहेका रोहितलाल श्रेष्ठ पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर सरकार अगाडि बढिरहेको छ’
शनिवार १२ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०