पाथीभरामा भएकाे प्रहरी दमनकाे माओवादीले गर्‍यो विराेध

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ११ फाल्गुण, २०८१
१ वर्षअघि
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

विराटनगर । नेकपा माओवादी केन्द्र काेशी प्रदेश समितिले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा भएकाे विवाद समाधानका लागि मन्त्रीस्तरिय वार्ता समिति बनाउन माग गरेकाे छ ।

माओेवादी काेशीका अध्यक्ष हर्क बहादुर नेम्वाङले आईतबार विज्ञप्ती जारी गर्दै यस्ताे माग गरेका हुन् ।

केबलकार निर्माणको विरोधमा उत्रिएको समूह र प्रहरीबीच पटक–पटक भएकाे झडपमा दर्जनौं घाइते भएको बताउँदै सरकारले वार्ता र संवादबाट राजीनितक रूपमा त्यसको समाधान खोज्नुपर्नेमा बल प्रयोगबाट आन्दोलनकारीलाई लपेट्ने प्रयास निन्दनीय र आपत्तीजनक रहेकाे विज्ञप्तिमा उल्लेख छ ।
`आन्दोलनकारी पक्षले राजनीतिक नेतृत्वसँग वार्ता गर्ने प्रस्ताव राखेकोमा सरकारले अहिलेसम्म त्यसतर्फ चासो दिएको छैन । बरु प्रशासनिक दमन चलाउने, सकारकै संरक्षणमा आन्दोलनविरुद्ध प्रतिकार आन्दोलन थाल्नु, आन्दोलनकारीलाई उत्तेजित बनाउने काम प्रहरी प्रशासनबाटै हुनु र आन्दोलनकारीमाथि चरम दमन गर्ने काम गरिरहेको छ । हाम्रो पार्टी त्यस कार्यको घोर निन्दा र भत्सर्ना गर्दै वार्ताबाटै समस्याको समाधान खोज्न सरकार र आन्दोलनकारी दुबै पक्षलाई संयमताको साथ अगाडि बढ्न अपिल गर्दछ,´ विज्ञप्तिमा उल्लेख छ ।

आन्दोलनको क्रममा उत्पन्न हुने तनाबलाई कम गर्न सहजिकरण र समन्वयको भूमिका खेल्नुपर्ने जिम्मेवारी त्यहाँको प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरुले पुरा नगरेको बरु उत्तेजना बढाउने काम गरिरहेको पनि माओवादीले दाबी गरेकाे छ ।

त्यसलाई रोकेर आन्दोलनरत पक्षलाई सम्बोधन गर्दै सरकारले तत्काल मन्त्रीस्तरीय वार्ता समिति गठन गर्नुपर्ने, केबलकार निर्माणको कामलाई स्थगन गरेर संवाद थाल्ने र आन्दोलनरत पक्षले आन्दोलननका कार्यक्रम स्थगित गरी वार्ताबाट निकास खोज्न तयार हुनुपर्छ भन्ने पार्टीको धारणा रहेकाे माओवादीले स्पष्ट गरेकाे छ ।

प्रकाशित समय: आईतबार ११ फाल्गुण, २०८१, १४:२७:२८
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
निर्वाचन आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने
मङ्गलबार ५ साउन, २०८३
जानकी मन्दिरमा हर्क साम्पाङको प्रवेशमा विवाद, दर्शन नगरी फर्किए
मङ्गलबार ५ साउन, २०८३
कर्णालीका पूर्वाधारको स्थलगत अनुगमनमा मन्त्री लम्साल
मङ्गलबार ५ साउन, २०८३
कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर
मङ्गलबार ५ साउन, २०८३
काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा
सोमबार ४ साउन, २०८३
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
सोमबार ४ साउन, २०८३
दिल्लीमा संसद भवनतर्फ लागेका काक्रोच पार्टीका कार्यकर्तामाथि प्रहरीले गरे लाठी चार्ज
सोमबार ४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०