बूढानीलकण्ठ स्कुलको ४१औं वार्षिकोत्सवमा संस्थापक दम्पती सम्मानित

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ९ फाल्गुण, २०८१
१ वर्षअघि

विराटनगर । विराटनगरको बूढानीलकण्ठ सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुलले आफ्नो ४१औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।

विराटनगर महानगरपालिका–२ स्थित स्कुल प्रांगणमा विभिन्न कार्यक्रम आयोजना गरी स्कुलले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

वार्षिक उत्सवको उद्घाटन समारोहमा विद्यार्थीहरूले गीत, नृत्यलगायतका विभिन्न प्रस्तुतिबाट अभिभावक, शिक्षक र अतिथिहरूलाई दिनभरी मनोरञ्जन दिलाएका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्कुलका प्रिन्सिपल मणिराज भट्टराईले व्यवहारिक शिक्षासँगै विद्यार्थीहरूलाई नैतिक शिक्षा दिएर विद्यार्थीहरूलाई अगाडि बढाउने काम गरिरहेको बताए ।

विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिएको कारणले बूढानीलकण्ठ स्कुलले राष्ट्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरिरहेको उनले स्मरण गराए ।

२०४० सालमा स्थापित स्कुलले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरेको कारण सबैको रोजाइमा पर्न सफल भएको उनको दाबी छ ।

वार्षिकोत्सवको अवसर पारेर स्कुलकासंस्थापक फाउण्डर अध्यक्ष खगेन्द्र पाण्डे र संस्थापक ज्ञानु पाण्डेलाई समेत सम्मान गरिएको थियो । उनीहरूलाई प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलियाले सम्मानपत्रका साथ दोसला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै थपलियाले नियमित रूपमा मेहनत गरेमा सफलतातर्फ उन्मुख हुन सकिने सुझाव विद्यार्थीहरूलाई दिए ।

स्कुलका सञ्चालक समितका अध्यक्ष बुद्धिबहादुर प्रधानको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष पाण्डेले समते आफ्नो मन्तव्य राखेका थिए ।

वार्षिकोत्सव कार्यक्रम दुई चरणमा हुने बताइएको छ । पहिलो चरणमा नर्सरीदेखि कक्षा ४ सम्म आज र दोस्रो चरणमा कक्षा ५ देखि कक्षा १० सम्मका शनिबार हुने स्कुलले जनाएको छ ।

बूढानीलकण्ठ स्कुलमा नर्सरीदेखि कक्षा १० सम्म करिब १ हजार ३ सयभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको स्कुलले जनाएको छ ।

प्रकाशित समय: शुक्रबार ९ फाल्गुण, २०८१, १९:३३:१३
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै
बिहिबार ७ साउन, २०८३
अमेरिका र साउदीबीच आणविक ऊर्जा सम्झौता
बिहिबार ७ साउन, २०८३
नास्पाती बोक्ने गाडीमा लुकाएर राखिएको ६५२ केजी गाँजा बरामद
बिहिबार ७ साउन, २०८३
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०