स्वीस सरकारका प्रतिनिधि र कोशीका सभामुखबीच भेटवार्ता

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ४ फाल्गुण, २०८१
१ वर्षअघि

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्ट र स्वीस सरकारका प्रतिनिधिबीच आइतबार भेटवार्ता भएको छ ।

सभामुखको कार्यकक्षमा स्वीस सरकारका प्रतिनिधि हेड अफ कर्पाेरेसन म्याथिस मेयर र सल्लाहकार नवीन वाग्लेसहितको प्रतिनिधिमण्डलले सभामुखसँग भेटवार्ता गरेको हो ।

भेटवार्तामा स्वीस सरकारका प्रतिनिधिहरूले कोशी प्रदेशसभा सञ्चालनदेखि कानुन निर्माणको सम्भावना र चुनौतीसम्मका विषयमा जानकारी लिएका थिए ।

प्रदेश सरकारले सात वर्ष पूरा गरेको अवसरमा शुभकामना व्यक्त गर्दै उनीहरूले संघीयता कार्यान्वयनका लागि स्वीस सरकार सहयोगी बन्ने पनि बताएका थिए ।

सभामुख विष्टले संघीयता कार्यान्वयन भइसकेपछि सुरु भएको प्रदेशसभाबाट हालसम्म ७५ वटा विधेयक पारित भएको जानकारी दिए ।

प्रदेशसभाको पहिलो कार्यकालमा ६२ वटा विधेयक पारित भएको र राजधानी टुंगो लगाउने काम भएको बताउँदै उनले दोस्रो कार्यकालमा १३ वटा विधेयक पास गरेको र नामकरण तय भएको बताए ।

नेपालको संविधानले उठाएको समावेशी सहभागिताअनुरूप सदनमा ३३ प्रतिशतभन्दा बढी महिला सहभागिता रहेको बताए ।

तथापि, प्रदेशको आफ्नै भौतिक संरचना बन्न नसकेको अवस्थाबारे जानकारी दिँदै उनले प्रदेशसभा सदस्यहरूलाई अभिमुखीकरणको आवश्यकता रहेको पनि औंल्याए ।

यस्तै, उपसभामुख सिर्जना दनुवारले कानुन निर्माणका लागि स्विस सरकारले गरेको सहयोग र सहकार्यको प्रशंसा गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा रहेको सुनाइन् ।

कोशी प्रदेशसभा सदस्यहरूले सदनमा सबै विषय उठान गर्न नसकिरहेको बताउँदै उनले सांसदको क्षमता अभिवृद्धि गर्न तालिम आवश्यक रहेको र त्यसमा स्वीस सरकारको सहयोग चाहिएको बताइन् ।

दुई पक्षीय भेटवार्तामा कोशी प्रदेशसभाका कार्यवाहक सचिव गौतमराज अमात्य, प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकाललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय: आईतबार ४ फाल्गुण, २०८१, १६:४४:००
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
निर्वाचन आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने
मङ्गलबार ५ साउन, २०८३
जानकी मन्दिरमा हर्क साम्पाङको प्रवेशमा विवाद, दर्शन नगरी फर्किए
मङ्गलबार ५ साउन, २०८३
कर्णालीका पूर्वाधारको स्थलगत अनुगमनमा मन्त्री लम्साल
मङ्गलबार ५ साउन, २०८३
कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर
मङ्गलबार ५ साउन, २०८३
काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा
सोमबार ४ साउन, २०८३
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
सोमबार ४ साउन, २०८३
दिल्लीमा संसद भवनतर्फ लागेका काक्रोच पार्टीका कार्यकर्तामाथि प्रहरीले गरे लाठी चार्ज
सोमबार ४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०