विराटनगरको कान्तिपुर कलेजमा ‘साइनिङ स्टार’ को अडिसन

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१० मेनरोडमा अवस्थित कान्तिपुर कलेजमा साइनिङ स्टार नामक नृत्य प्रतियोगिता सुरु भएको छ ।

कलेजका विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ शुक्रबारबाट ‘कान्तिपुर साइनिङ स्टार–२०८१’ नामक प्रतियोगिता थालिएको हो ।

कलेजले कक्षा ११ र १२ को विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टका विद्यार्थीहरूको अडिसन लिएको थियो ।

एक छात्र र ३९ छात्रा गरी जम्मा ४० प्रतियोगीहरूले आधुनिक, पारम्परिक तथा फ्युजन नृत्य प्रस्तुत गरेका थिए ।

अडिसनमा निर्णायकका रूपमा रहेका रोशन घिमिरे, मनिषा सुनुवार र नविना श्रेष्ठले फाइनलका लागि १५ जनालाई छनोट गरेका छन् ।

फाइनलमा पुगेकाहरूले आगामी साता उपाधिका लागि नृत्य गर्ने कलेजका प्रिन्सिपल भेषराज नेपाल ‘भुवन’ ले जानकारी दिए ।

उनका अनुसार विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनमा सघाउ पुर्‍याउने यस प्रतियोगिताका विजेताहरूलाई आकर्षक पुरस्कारबाट पुरस्कृत गरिने छ ।

२०७२ सालमा स्थापना भएको कलेजले पठनपाठनका अलाबा अतिरिक्त क्रियाकलापमा पनि अब्बलता प्रस्तुत गरिरहेको उनले बताए ।

प्रतियोगिताको फाइनल चरणमा स्नेहा भण्डारी, निकिता भुजेल, अवन्ता बास्तोला, मोनिका मगर, इश्मा तामाङ, श्वेता भगत, कोस्टिका भुजेल, एन्जल साह, रोहिनी साह, राधिका कामत, अविशा लिम्बु, कल्पना साह, अस्मिता राई, रानी महासेठ र अस्मिता राजवंशी रहेका छन् ।

कार्यक्रममा बोल्दै कान्तिपुर कलेजका भाइस प्रिन्सिपल देवीलाल महतोले यस नृत्य प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा कान्तिपुर कलेजका सञ्चालक विष्णु दाहाल, कोर्डिनेटर रोशन राजवंशी, संस्थापक प्रदीपकुमार दास, शिक्षक मानबहादुर खड्का, शैलेन्द्र नेपाल, शिव राजवंशी र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन भने शिक्षकद्वय संयोग पोखरेल र केपी निरौलाले गरेका थिए ।

प्रकाशित समय: शुक्रबार २ फाल्गुण, २०८१, १२:२५:२७

सम्बन्धित खबर

भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक

बिहिबार ८ असोज, २०८३
१२ घण्टाअघि

लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अनुसन्धान भने जारी रहने

बिहिबार ८ असोज, २०८३
१२ घण्टाअघि

कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक

बिहिबार ८ असोज, २०८३
१२ घण्टाअघि

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित

बिहिबार ८ असोज, २०८३
१२ घण्टाअघि

पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम

बिहिबार ८ असोज, २०८३
१६ घण्टाअघि

रोशी खोलाको बीचमा यात्रुबाहक बस फस्यो, स्थानीयको सहयोगमा यात्रुको गरियो उद्धार

बिहिबार ८ असोज, २०८३
१७ घण्टाअघि
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अनुसन्धान भने जारी रहने
बिहिबार ८ असोज, २०८३
एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, वरिष्ठ नेतामा अनुमोदित
बिहिबार ८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक
बिहिबार ८ असोज, २०८३
पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित
बिहिबार ८ असोज, २०८३
पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम
बिहिबार ८ असोज, २०८३
रोशी खोलाको बीचमा यात्रुबाहक बस फस्यो, स्थानीयको सहयोगमा यात्रुको गरियो उद्धार
बिहिबार ८ असोज, २०८३
कोशी प्रदेशमा बाढीको जोखिम : विपद् व्यवस्थापन संयन्त्र ‘अलर्ट’ मा
बिहिबार ८ असोज, २०८३
भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द
बिहिबार ८ असोज, २०८३
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०