खोटाङमा आरोप पुष्टि नभई प्रहरीले हत्कडी लगाएको भन्दै बलात्कारका आरोपित झुन्डिए !

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २८ माघ, २०८१
२ वर्षअघि

विराटनगर । खोटाङमा आरोप पुष्टि नभई प्रहरीले हत्कडी लगाएको भन्दै बलात्कारका आरोपितले आत्महत्या गरेका छन् ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले ढाँडगाउँका १९ वर्षीय राम परियारले झुन्डिएर आत्महत्या गरेका हुन् ।

Advertisement

बलात्कार मुद्दाको आरोप पुष्टि नभइ प्रहरीले हत्कडी लगाएर सम्मानपूर्वक बाँच्न पाउने अधिकार खोसेको भन्दै उनले आत्महत्या गरेका हुन् ।

२६ वर्षीया महिलाले आरोपितले बलात्कार गरेको आरोपमा माघ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

गत वैशाख १० गते बलात्कार गरेको भन्दै महिलाको उजुरी परेको थियो ।

घटनामा प्रहरीले सत्यतथ्य नबुझी निर्दोषलाई हत्कडी लगाएर समाजमा बेइज्जत गरेका कारण माघ २५ गते आत्महत्या गर्न बाध्य भएको भन्दै राम परियाले झुण्डिएर आत्महत्या गरेका हुन् ।

राम परियार(मृतक) को भन्दा तल्लो घरमा ०८१ माघ २४ बाबुछोराको झगडा भएको र सो झगडाका लागि प्रहरी चौकी अर्खौंले माघ २५ गते छलफलका लागि गाउँका मान्छे बोलाएका थिए ।

सोही क्रममा प्रहरीले भेला भएका मध्ये राम परियार को हुनुहुन्छ भनेर सोधीखोजी गर्दा रामले किन ? भनेर प्रश्न गरेपछि भेला भएकामध्ये कसैले दिएको इसारामा प्रहरीले राम परियारलाई हत्कडी लगाएको थियो ।

त्यसपछि सो घटना भएको वडा सदस्य किशोरकुमार श्रेष्ठको भनाइ छ ।

अरूले दिएको इसारामा रामलाई प्रहरीले तत्काल हत्कडी लगाएको र सबैले सोधीखोजी गर्दा, पक्राउ पूर्जी खोजी गरेपछि प्रहरीले हत्कडी फुकालेर लिखित जमानीमा रामका बाबुलाई छोरा जिल्ला लगाएको वडा सदस्य श्रेष्ठले बताए ।

रामले प्रहरीले पुष्टि नभइ हत्कडी लगाएर बेइज्जत गरेको भन्दै प्रहरी चौकी अर्खौँलेका असइ पोषराज कार्कीसँग जवाफ मागेपछि भेला भएकाहरूले रामलाई सम्झाइ बुझाइ घर फर्काएको वडा सदस्य श्रेष्ठले बताए ।

घटना भएको रात माघ २४ गते मध्यरातसम्म राम परिवारसँग भएको र माघ २५ गते बिहान रामको शव झुण्डिएको अवस्थामा हलेसी तुवाचुङ नगरपालिका १० अर्खौँले ढाँडगाउँमा भीमसेनपातीको रुखमा फेला परेको थियो ।

घटनास्थलमा फेला परेको सुसाइड नोटमा प्रहरी चौकी अर्खौँलेका असइ पोषराज कार्कीले आरोप पुष्टि नभइ हत्कडी लगाएर समाजमा बेइज्जत गरेको, सम्मानपूर्वक बाँच्न नदिएको कुरा उल्लेख छ ।

स्थानीयले असइ कार्कीविरुद्ध चर्को दबाव दिएपछि प्रहरीले कार्कीको असइको जिम्मेवारी खोसेको छ ।

घटनाका विषयमा थप अनुसन्धान थालिएको र असइको जिम्मेवारी खोसेर जिल्ला झिकाइ आन्तरिक रूपमा छानबिन थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक विष्टले बताए ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा माघ २५ गते गरी सोही दिन पीडित पक्षले शव बुझी सद्गत गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०