कुम्भमेलाबाट फर्किएको गाडी दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु, चार घाइते

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १९ माघ, २०८१
१ वर्षअघि

काठमाडौं । भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको भारतीय गाडी दुर्घटना हुँदा मृत्यु हुने पाँचैजना नेपाली रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले मृत्यु हुने सबै नेपाली रहेको र अन्य चार घाइतेको भारतमै उपचार भइरहेको थाहाखबरलाई जानकारी दिए ।

घटना आज साँझ भारतको मुजफ्फरपुरमा भएको हो । दुर्घटनामा पर्नेहरू महोत्तरी र धनुषाका रहेका पनि उनले जानकारी दिए ।

उक्त दुर्घटनामा मृत्यु हुनेमा ४५ वर्षकी मन्तार्नी देवी, ३० वर्षीया अर्चना ठाकुर, ६० वर्षका बालाकृष्ण झा, ५ वर्षकी इन्दु देवी र गाडी चालक रहेका पनि उनले जानकारी दिए ।

दुर्घटनामा मनोहर ठाकुर, कामिनी झा, सृष्टि ठाकुर र जगतारण देवी घाइते भएका र उनीहरूको भारतको मुजफ्फरपुरको श्रीकृष्ण मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित समय: शनिवार १९ माघ, २०८१, २१:२७:५८
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
निर्वाचन आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने
मङ्गलबार ५ साउन, २०८३
जानकी मन्दिरमा हर्क साम्पाङको प्रवेशमा विवाद, दर्शन नगरी फर्किए
मङ्गलबार ५ साउन, २०८३
कर्णालीका पूर्वाधारको स्थलगत अनुगमनमा मन्त्री लम्साल
मङ्गलबार ५ साउन, २०८३
कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर
मङ्गलबार ५ साउन, २०८३
काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा
सोमबार ४ साउन, २०८३
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
सोमबार ४ साउन, २०८३
दिल्लीमा संसद भवनतर्फ लागेका काक्रोच पार्टीका कार्यकर्तामाथि प्रहरीले गरे लाठी चार्ज
सोमबार ४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०