पूर्वमन्त्री घिमिरेद्वारा लिखित कमरेड हिजो र आज लोकार्पण

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १९ माघ, २०८१
१ वर्षअघि

विराटनगर । नेकपा एमालेका नेता जीवन घिमिरेको पहिलो कृति ‘कमरेड हिजो र आज’ को आज विराटनगरमा लोकार्पण गरिएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शनिबार विराटनगरको होटल मनास्लुमा एक कार्यक्रमका बीच पुस्तक सार्वजनिक गरे ।

कार्यक्रममा उनले पुस्तकले इतिहासलाई सम्झाउने काम गरेको बताए ।

प्रगतिशील लेखक संघ मोरङले आयोजना गरेको कार्यक्रममा पुस्तक विमोचन तथा पुस्तकका पात्रहरूलाई सम्मान कार्यक्रममा उनले पुस्तकले हिजोलाई फर्केर हेर्ने काम भएको बताए ।

पुस्तकका माध्यमबाट भोलि गर्ने काम पनि देखाइएको सभामुख घिमिरेको भनाइ छ ।

उनले मुलुकमा निरङ्कुशतालाई अन्त्य गरी लोकतन्त्रको स्थापनाका यस क्षेत्रका जनता, दलका नेता एवम् कार्यकर्ताको महत्वपूर्ण भूमिका रहेको बताए ।

नेकपा एमालेकी उपाध्यक्ष एवम् वागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सङ्घीय गणतन्त्रलाईलाई बलियो बनाउ इतिहासको भूमिका रहने बताइन् ।

उनले अब आफ्नो बाँकी जीवन जनताको समृद्धि र पार्टीको संगठन सुदृढीकरणमा लाग्ने जानकारी दिइन् ।

लेखक एवम् नेकपा एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले प्रजातन्त्र र लोकतन्त्र स्थापनाका लागि लागेको आन्दोलनमा झापा, मोरङ र सुनसरी जिल्लामा आफूसँग सम्बन्ध जोडिएका चार सय पात्रहरूको विवरण पुस्तकमा समावेश गरिएको बताए ।

कार्यक्रममा चन्द्र भण्डारी, निर्मला कोइराला, प्राडा रमेशप्रसाद भट्टराई, विमला दाहाल घिमिरेले पुस्तकको समीक्षा गरेका थिए ।

सोही अवसरमा सभामुख घिमिरेले नेकपा एमालेका उपाध्यक्ष शाक्यसहित १२ जना पुस्तकका मुख्य पात्रहरुलाई सम्मानित गरे ।

कार्यक्रममा विराटनगर-१ की माधवी रिमाल, रामप्रसाद देवकोटा, हर्क चुम्वे, स्व.रमाप्रसाद रिजाल, कुमार निरौला, लक्ष्मीप्रसाद उप्रेती, राधादेवी कामत, नारायणप्रसाद आचार्य, तारानाथ घिमिरे र मोहनकुमारी घिमिरेलाई पनि सम्मान गरेको छ ।

एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री घिमिरेले वि.सं २०३६–०४६ सम्मको आन्दोलनलाई समेटेर पुस्तक तयार गरेका हुन् ।

पार्टी राजनीतिकसँग जोडिएका घटनाहरू, सो घटनामा संलग्न करिब ४ सय पात्रहरूका विषयहरू पुस्तकमा समेटिएको छ ।

२०३६–०४६ आन्दोलनका समयका पात्रहरूका बारेमा थेसिस गर्न चाहनेहरूका लागि पुस्तक उपयोगी स्रोत हुने लेखक घिमिरेको भनाइ छ ।

प्रकाशित समय: शनिवार १९ माघ, २०८१, १९:१५:२७
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
निर्वाचन आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने
मङ्गलबार ५ साउन, २०८३
जानकी मन्दिरमा हर्क साम्पाङको प्रवेशमा विवाद, दर्शन नगरी फर्किए
मङ्गलबार ५ साउन, २०८३
कर्णालीका पूर्वाधारको स्थलगत अनुगमनमा मन्त्री लम्साल
मङ्गलबार ५ साउन, २०८३
कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर
मङ्गलबार ५ साउन, २०८३
काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा
सोमबार ४ साउन, २०८३
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
सोमबार ४ साउन, २०८३
दिल्लीमा संसद भवनतर्फ लागेका काक्रोच पार्टीका कार्यकर्तामाथि प्रहरीले गरे लाठी चार्ज
सोमबार ४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०