सरकारले अर्बौं खर्चिएर बनाएको विमानस्थलको वार्षिक आम्दानी ४७४ रुपैयाँमात्र !

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १८ माघ, २०८१
१ वर्षअघि

विराटनगर । खोटाङको लामिडाँडा विमानस्थलले सन् २०२४ भरि जम्मा ४७४ रुपैयाँमात्र आम्दानी गरेको छ । अर्बौं रुपैयाँ लगानी गरेर निर्माण गरिएको उक्त विमानस्थलले वर्षभरि ४७४ रुपैयाँमात्र आम्दानी गरेको हो ।

स्थानीय बासिन्दाले कुटो तथा कोदालो प्रयोग गरेर निर्माण थालेका उक्त विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले ६ करोड ७६ लाख ९३ हजार रुपियाँ लागतमा धावनमार्ग कालोपत्र गरेको थियो ।

विमानस्थलमा २०७६ असार ३ गते परीक्षण उडानसमेत गरिएको थियो । कच्ची अवस्थामै करिब ४८ वर्ष सञ्चालनमा रहेर कुनै बेला वार्षिक लाखौँ रकम आम्दानी गरेको उक्त विमानस्थलमा अहिले पनि नियमित कर्मचारीले काम गर्छन् ।

लामिडाँडा मात्रै होइन, अहिले देशभर कालोपत्र धावनमार्ग भएका सुविधायुक्त नौ वटा विमानस्थलको अवस्था त्यस्तै छ । यी नौ वटा विमानस्थलको धावनमार्ग कच्ची हुँदा सञ्चालन हुने गरेका थिए ।

तर धावनमार्ग कालोपत्रे भएपछि उडान ठप्प छन् ।

बागलुङ विमानस्थल, बैतडी, रुकुमको चौरजहारी, डोटी, खोटाङको लामिडाँडा, मनाङ, डोल्पाको मसिनेचौर, रुम्जाटार र कालीकोटको सुनथराली विमानस्थलका धावनमार्ग कालोपत्रे छन्, प्राविधिक र कर्मचारी गरेर कम्तीमा पाँच जनाले दैनिक कामसमेत गर्दै आएका छन् ।

तर ती विमानस्थलमा जहाज अवतरण नहुने भएपछि विमानस्थलमा राज्यले गरेको आम्दानी लाभ लिन सकिएको छैन ।

प्राधिकरणका अनुसार हाल सञ्चालनमा रहेका विमानस्थलमध्ये १६ वटा विमानस्थल मात्रै नाफामा रहेका छन् ।

घाटामा रहेका विमानस्थल सञ्चालन नाफामा रहेका विमानस्थलको आम्दानीबाट हुँदै आएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, “सहज हवाई यात्राका लागि मुलुकका अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तारका लागि निर्माण गरिएका उड्डयन पूर्वाधारको प्रभावकारी उपयोग नहुँदा राज्यले लगानीको प्रतिफल प्राप्त गर्न सकिरहेको छैन । राज्यसँग साना जहाजको कमी भएकै कारण अहिले नियमित उडान हुन सक्ने ठाउँमा समेत उडान हुन नसक्दा आम्दानी गुमिरहेको छ ।”

जहाजको अभाव, महँगो हवाई भाडा, दुर्गममा उडानमा प्रतिस्पर्धा नभएकै कारण तयारी अवस्थाका विमानस्थलबाट समेत आम्दानी हुन नसकेको उनको भनाइ छ ।

प्राधिकरणका अनुसार डोटी विमानस्थलको गत वर्षको वार्षिक आम्दानी नौ हजार ४७५ र रुम्जाटार विमानस्थलको वार्षिक आम्दानी १० हजार ६७८ रुपैयाँ मात्र छ ।

सरकारले हवाई सञ्जाल विस्तारका लागि ठुलो लगानी गरेर देशभर तीन अन्तर्राष्ट्रियसहित ५५ वटा विमानस्थल निर्माण गरेको छ ।

जसमध्ये सञ्चालनमा रहेका ३५ विमानस्थलमध्ये १२ वटा विमानस्थलको वार्षिक आम्दानी भने १० लाख रुपियाँभन्दा कम छ ।

त्यस्तै छ वटा विमानस्थलबाट वार्षिक हवाई सेवा लिने यात्रुको सङ्ख्या एक हजारभन्दा कम छ ।

प्रकाशित समय: शुक्रबार १८ माघ, २०८१, ०९:२६:४४
रास्वपा सांसद पोखरेलले मागे माफी
शनिवार १२ ब‌ैशाख, २०८३
झापामा ‘स्वीप अपरेशन’ : दुई दिनमै १२८ जना पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
पर्वतमा चट्याङ लागेर महिलाको मृत्यु
शनिवार १२ ब‌ैशाख, २०८३
इरानी विदेशमन्त्री अराघची र पाकिस्तानका सेना प्रमुखबीच भेटवार्ता
शनिवार १२ ब‌ैशाख, २०८३
तत्कालीन किष्ट बैंक घोटालामा फरार रहेका रोहितलाल श्रेष्ठ पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर सरकार अगाडि बढिरहेको छ’
शनिवार १२ ब‌ैशाख, २०८३
गैरीगाउँ सुकुम्बासी बस्ती पनि हटाउने अभियान तीव्र
शनिवार १२ ब‌ैशाख, २०८३
थापाथलीबाट १३ जना घरवारविहीनलाई सुन्दरीघाट लगियो
शनिवार १२ ब‌ैशाख, २०८३
दलको नेता चयनमा अलमल, कांग्रेसले मतदान रोके
शनिवार १२ ब‌ैशाख, २०८३
वीरगञ्ज नाकाबाट ९ महिनामा ६० अर्ब राजस्व
शनिवार १२ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०