सोनाम ल्होसार मनाइँदै, आज सार्वजनिक बिदा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ माघ, २०८१
१ वर्षअघि

विराटनगर । तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसार आज (बिहीबार) परेको छ । विविध कार्यक्रम गरेर यो समुदायले धुमधामसाथ एवं हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउने गर्छन् ।

यसलाई राष्ट्रिय पर्वकै रूपमा लिइन्छ । त्यही भएकाले सरकारले पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ ।

तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसारको अवसरमा ठाउँठाउँमा विभिन्न कार्यक्रम हुँदैछन्। ‘ल्हो’ अर्थात् वर्ष र ‘सार’ अर्थात नयाँ भन्ने अर्थ हुन्छ ।

तामाङ समुदायले ल्होसारलाई उत्सवका रूपमा मनाउँछन् । यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने गर्छ। सोनाम ल्होसार तामाङ समुदायको मौलिक पर्व हो।

डम्फु बाजाको धुन, तामाङ सेलोको लय, परम्परागत भेषभूषा तथा विशेष परिकार यो पर्वको विशेषता हुन् ।

यस पर्वमा तामाङ समुदायले कूलपूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्छन् । आफन्तजन भेला भइ मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने पर्व पनि हो ।

मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले आ–आफ्नै शैली र परम्पराअनुसार सोनाम ल्होसार मनाउँछन् ।

यो पर्व प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन पर्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।

ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने प्रचलन रहेको अगुवाहरु बताउँछन् ।

भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खानु र शुभकामना आदानप्रदान गर्नु पर्वको विशेषता हो ।

तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ ।

राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाउने गरिन्छ । पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च ओहोदामा रहेकाहरुले शुभकामना दिएका छन् ।

प्रकाशित समय: बिहिबार १७ माघ, २०८१, ०७:२४:३९
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै
बिहिबार ७ साउन, २०८३
अमेरिका र साउदीबीच आणविक ऊर्जा सम्झौता
बिहिबार ७ साउन, २०८३
नास्पाती बोक्ने गाडीमा लुकाएर राखिएको ६५२ केजी गाँजा बरामद
बिहिबार ७ साउन, २०८३
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०