कानेपोखरीमा तीन जना सवार स्कुटर पेट्रोल ट्यांकरसँग ठोक्कियो, घाइते तीनमध्ये एकको अवस्था गम्भीर

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ माघ, २०८१
२ वर्षअघि
फाइल फोटो

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-२ केरुनमा बुधबार साँझ पेट्रोल ट्यांकरसँग स्कुटर ठोक्किए दुर्घटना भएको छ ।

हिजो साँझ ७ः३० बजे भएको उक्त दुर्घटनामा तीन जना घाइते भएकोमा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Advertisement

कानेपोखरी-रंगेली सडकखण्डमा कानेपोखरीबाट केरुनतर्फ जाँदै गरेको को ३६ प २८८७ नम्बरको स्कुटर विपरीत दिशाबाट आउँदै गरेको को १ ख २३३८ नम्बरको पेट्रोल बोकेको ट्यांकरसँग जुधेको थियो ।

जसमा स्कुटर चालक कानेपोखरी-२ बस्ने १९ वर्षीय सन्देश राईको दुवै खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य छ ।

स्कुटरमा पछाडि सवार सोही स्थानका १८ वर्षीय बिजल चौधरीको दुवै खुट्टामा चोट लागे पनि अवस्था सामान्य छ ।

तर, सोही स्थानका १९ वर्षीय युनिक भुजेलको भने टाउको, खुट्टामा चोट लागेको छ । अवस्था गम्भीर भएका उनको विराट
नर्सिङ होम अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

दुवै सवारी साधन प्रहरी चौकी रमाइलोले नियन्त्रणमा लिएको छ । तर,ट्यांकर चालक तत्काल फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तीन जना सवार स्कुटरका चालकले सवारी चालक अनुमति पत्र प्राप्त नगरेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०