हिसान खेल : भलिबलमा कान्तिपुर र रेड स्टारलाई उपाधि

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १५ माघ, २०८१
१ वर्षअघि

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताहअन्तर्गत भलिबलको उपाधि विराटनगरको कान्तिपुर कलेज र रेड स्टार कलेजले जितेका छन् ।

मंगलबार भएको भलिबलको छात्रर्फको फाइनल खेलमा कान्तिपुर कलेजले रेड स्टार कलेजलाई २५–१४, २५–१४ र २५–९ को सोझो सेटले पराजित गरी उपाधि जितेको हो ।

प्लेयर अफ फाइनल कान्तिपुरका सुदीप राई घोषित भए ।

त्यसैगरी,  छात्रातर्फको फाइनलमा रेडस्टार कलेजले मोडर्न एरा कलेजलाई २५–२३ र २५–२२ को सोझो सेटले पराजित गरी उपाधि जितेको छ ।

यस प्लेयर अफ द फाइनल रेड स्टारकी स्मृती राई घोषित भइन् ।

यसैगरी, आजै भएको बास्केटबलको फाइनल खेलमा विकेभिएम कलेजले शिक्षादीप कलेजलाई ३७–९ को अन्तरले पराजित गर्दै उपाधि जित्यो ।

प्लेयर अफ फाइनल विकेभिएमका आकाश यादव घोषित भए ।

मंगलबार भएको क्रिकेट खेलमा विजयी हुँदै ग्रिनल्याण्ड फाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै, बास्केटबलको उपाधि विकेभिएम कलेजले जित्दा भलिबलको उपाधि कान्तिपुर र रेड स्टारले जित हात पारेको छ ।

वैजनाथपुर क्रिकेट मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा दुई वर्षपछि हिसान खेलेको ग्रिनल्याण्ड कलेजले विकेभिएम कलेजलाई ५६ रनले पराजित गर्दै फानलमा प्रवेश गरेको छ ।

अब फाइनलमा ग्रिनल्याण्डले गत संस्करणको उपविजेता अरनिको कलेजसँग बुधबार प्रतिस्पर्धा गर्ने छ ।

टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय १७ रन बनाएको थियो ।

ग्रिनल्याण्डका सन्जिव शर्माले ३६ रन बनाउँदा रजनिस यादवले २४ रन, गणेश यादवले २१ रन र कृष्ण सहनीले ११ रनको योगदान दिए ।

विकेभिएमका आकाश चौधरीले ३ विकेट लिँदा आदित्य प्रसाई पनि ३ विकेट लिए ।

जवाफमा १ सय १८ रनको चुनौती पाएको विकेभिएमले १५ होभरमा सबै विकेट गुमाई ६१ रनमा सीमित भयो ।

विकेभिएमका अमन शर्माले १४ रर जोड्दा सचिन्द्र यादवले १३ रन जोडे ।

ग्रिनल्याण्डका प्लेयर अफ म्याच गौरीशैकर माझीले ४ ओभरमा १६ रन दिएर ६ विकेट लिँदा फैजल अन्सारीले २ विकेट लिए ।

प्रकाशित समय: मङ्गलबार १५ माघ, २०८१, २१:४०:४२
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै
बिहिबार ७ साउन, २०८३
अमेरिका र साउदीबीच आणविक ऊर्जा सम्झौता
बिहिबार ७ साउन, २०८३
नास्पाती बोक्ने गाडीमा लुकाएर राखिएको ६५२ केजी गाँजा बरामद
बिहिबार ७ साउन, २०८३
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०