‘भर्चुअल अटिजम’ रोक्न हेरिटेजको नयाँ प्रयास

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १५ माघ, २०८१
१ वर्षअघि

विराटनगर । बालबालिकामा डिजिटल लत र भर्चुअल अटिजम रोक्ने उद्देश्यका साथ विराटनगरको हेरिटेज इन्टरनेसनल स्कुलले डिजिटल साक्षरता पाठ्यक्रम सुरु गर्ने भएको छ ।

बालबालिकामा बढ्दो डिजिटल लत र यसबाट उत्पन्न हुनसक्ने भर्चुअल अटिजमको जोखिमलाई मध्यनजर गर्दै विद्यालयले आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रम नै सुरु गर्न लागेको हो ।

सानै उमेरदेखि बढ्दो स्मार्टफोन र ट्याब्लेटको प्रयोगले बालबालिकामा देखिन थालेको भर्चुअल अटिजमको समस्यालाई निराकरण गर्न स्कुलले फरक प्रयास थाल्न लागेको हो ।

अति सानो उमेरदेखि नै डिजिटल उपकरणको प्रयोगले बालबालिकाको भाषा विकास, सामाजिक सीप र संवेगात्मक विकासमा असर पार्न सक्ने जोखिम निराकरणको प्रयास गर्न लागिएको स्कुलका प्रिन्सिपल सुशान्त बानियाँले बताए ।

उनले आगामी वैशाखदेखि सुरु हुने नयाँ सेसनबाट लागू हुनेगरी पाठ्यक्रम तयार पारिएको जानकारी दिए ।

विशेषगरी मन्टेश्वरी तहका बालबालिकाका लागि हुनेगरी बनाएको पाठ्यक्रम नितान्त गतिविधिमूलक रहने उनको भनाइ छ ।

अत्यधिक स्क्रिन हेर्दा वा डिजिटल उपकरणको प्रयोगले बालबालिकाको सामाजिक सम्बन्ध, संवाद क्षमता र व्यवहारमा नकारात्मक असर पार्न सक्छ ।

यसै कुरालाई ध्यानमा राखेर तयार पारिएको पाठ्यक्रमको मुख्य उद्देश्य भनेको बालबालिकालाई प्रविधिको सकारात्मक प्रयोग सिकाउनु रहेको हेरिटेजकी डाइरेक्टर वर्णिका राठीले जानकारी दिइन् ।

यस्तै, मोन्टेश्वरी प्रमुख निर्मला तामाङले यो पाठ्यक्रमले साना नानीहरूलाई सानै उमेरदेखि डिजिटल युगमा जिम्मेवार र सचेत बन्न सिकाउने बताइन् ।

विराटनगर महानगरपालिका–४ सप्तकोशी मार्गमा रहेको हेरिटेज इन्टरनेसनलमा बालकक्षादेखि १० सम्ममा तीन सय विद्यार्थी अध्ययनरत छन् ।

जसमध्ये प्ले ग्रुपमा पढ्ने विद्यार्थीहरूका लागि स्कुलले फरक प्रयासस्वरूप डिजिटल साक्षरताको पाठ्यक्रम लागू गर्न लागेको हो ।

प्रकाशित समय: मङ्गलबार १५ माघ, २०८१, २१:३२:५३
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै
बिहिबार ७ साउन, २०८३
अमेरिका र साउदीबीच आणविक ऊर्जा सम्झौता
बिहिबार ७ साउन, २०८३
नास्पाती बोक्ने गाडीमा लुकाएर राखिएको ६५२ केजी गाँजा बरामद
बिहिबार ७ साउन, २०८३
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०