राष्ट्रिय राजनीतिमा सक्रिय पूर्वराष्ट्रपति भण्डारी, एमाले नै फर्किने संकेत

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ माघ, २०८१
१ वर्षअघि

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रिय राजनीतिमा सक्रिय रहेको बताएकी छन् ।

विराटनगरमा सोमबार पत्रकारहरूसँग भेटघाट गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफूले शिक्षा, स्वास्थ्य, आर्थिक समानता, जलवायु र वातावरणको विषयमा छलफल गरिरहेको र ती विषय राजनीतिभन्दा भिन्न नरहेको बताएकी हुन् ।

उनले भनिन्, ‘हामी कोही पनि राजनीतिबाट फरक छैनौं, तपाईंहरूले कसरी बुझ्नुहुन्छ । तर, मैले पछिल्लो समय शिक्षा, स्वास्थ्य, जलवायु आदि विषयमा जसरी छलफल गरिरहेकी छु । ती राजनीतिबाट भिन्न छैनन्, त्यस अर्थमा म राष्ट्रिय राजनीतिमा सक्रिय नै छु । रह्यो दलीय राजनीतिको कुरा त्यस विषयमा अहिले म प्रवेश गरिसकेको छैन, राष्ट्रिय, अन्तर्राष्ट्रिय आदि परिवेशहरू पनि छन्, समय आएपछि कुन दलको राजनीति कसरी गर्ने वा नगर्ने भन्ने होला ।’

उनले दलीय राजनीतिमा आएको खण्डमा नेकपा एमाले नै आफ्नो रोजाइमा पर्नसक्ने संकेत गरिन् । उनले भनिन्, ‘म नेकपा एमालेबाट हुर्किएकाले जाँदा त्यहाँ नै हो । तर छलफलको चरणमा प्रवेश गरेको छैन ।’

पत्रकारहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनः माओवादी केन्द्रको राजनीतिमा सहभागी भएकोमा आफूलाई खुसी लागेको बताइन् ।

‘उहाँ युवा हुनुहुन्छ, अनुभव छ, राजनीति गरेर आउनु भएको हो । म राष्ट्रपति, उहाँ उपराष्ट्रपति भएर सात वर्ष सहकार्य गरेको हो । खुसी नै लागेको छ, मेरो शुभेच्छा छ,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।

पछिल्ला समय मिडियाहरूमा आफ्नो राजनीतिक सक्रियता आदि विषयमा भएका चर्चाहरू सही नभएको र कसैले भ्रम नराख्न आग्रह गरिन् ।

प्रकाशित समय: सोमबार १४ माघ, २०८१, १९:०६:५५
दुहवी नगरपालिकाले ल्यायो ९७ करोड ६६ लाख रुपैयाँको बजेट
बिहिबार ४ असार, २०८३
दोस्रो सगरमाथा संवाद-२०२७ मेमा हुने
बिहिबार ४ असार, २०८३
कृष्ण बहादुर महराले छाडे पार्टी
बिहिबार ४ असार, २०८३
आरजुलाई तीन दिनभित्र बयान दिन आउन अख्तियारले काट्यो चिठी
बिहिबार ४ असार, २०८३
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहिबार ४ असार, २०८३
ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो
बिहिबार ४ असार, २०८३
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०