सुनकोशी नदीमा खसेको मोटरसाइकल र ब्लुबुक भेटियो, चालक खोज्दै प्रहरी

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ माघ, २०८१
१ वर्षअघि

विराटनगर । बिपी राजमार्गमा पर्ने सिन्धुलीको सुनकोशी गाउँपालिका-७ मा सुनकोशी नदीमा खसेको अवस्थामा एउटा मोटरसाइकल फेला परेको छ ।

ज १० प २६०४ नम्बरको मोटरसाइकल सुनकोशी नदीमा खसेको अवस्थामा फेला परेको हो ।

नदीमा डुबेको अवस्थामा आइतबार बिहान मोटरसाइकल र झोला फेला परेको हो । मोटरसाइकल र झोलाभित्र ब्लुबुक भेटिए पनि यात्रु भने नभेटएिको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक नदीमा बेपत्ता भएको आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर सुनिल चौरसियाका अनुसार मोटरसाइकलकसँगै फेला परेको झोलामा सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर-७ ठेगाना भएका युवकको ब्लुबुक पनि फेला परेको हो ।

ब्लुबुकमा उल्लेख नाम भने प्रहरीले खुलाएको छैन ।

दुर्घटना गएराति नै भएको अनुमान प्रहरीले गरेको छ । खुर्कोटस्थित इलाका प्रहरी कार्यालयले भने घटनाबारे आइतबार बिहान ८ बजे मात्रै जानकारी पाएको जनाएको छ ।

नदीमा बेपत्ता यात्रुको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको इन्सपेक्टर चौरसियाले बताए ।

प्रकाशित समय: आईतबार १३ माघ, २०८१, ११:१३:३१
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै
बिहिबार ७ साउन, २०८३
अमेरिका र साउदीबीच आणविक ऊर्जा सम्झौता
बिहिबार ७ साउन, २०८३
नास्पाती बोक्ने गाडीमा लुकाएर राखिएको ६५२ केजी गाँजा बरामद
बिहिबार ७ साउन, २०८३
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०