विराटनगर । मोरङको रंगेली नगरपालिका–२ जलिया टोलस्थित कृषि फार्मभित्र राखिएको स्काभेटरमा आगलागी भएको छ ।
बुधबार बिहान ५ः४० बजेतिर इस्टर्न स्टार कृषि फार्मभित्रको खुला चउरमा राखिएको स्काभेटर आगलागी भएको हो ।
काम गर्ने क्रममा बिग्रिएपछि कृषि फार्मभित्र खुला चउरमा राखिएको बा ३ क ३५९६ नम्बरको स्काभेटरमा आगलागी भएको हो ।
स्थानीयको सहयोगमा प्रहरीले बिहान ७ बजेतिर आगो नियन्त्रणमा लिएको थियो । आगलागीको कारण खुल्न सकेको छैन ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार स्काभेटर धनी यशोदा राई आफैंले जिल्ला प्रहरी कार्यालय मोरङमा घटनाको जानकारी दिएकी थिइन् ।
आगो अरूले नै लगाइदिएका हुन् कि आफैं लागेको हो भनेर खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्काईभेटर बिग्रिएर ४ दिनदेखि फार्मभित्र राखेको पाइएको छ ।
घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएकाले अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।