ग्रामथानमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ८ माघ, २०८१
१ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-५ गिधनियामा टिपरले ठक्कर दिदा मोटरसाइकल चालकसहित दुई जना घाइते भएका छन् ।

मंगलबार बिहान १० बजेतिर तेतरीयाबाट गिधनियातर्फ जाँदै गरेको को १३ प १००८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६८७१ को टिपरले ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक ग्रामथान-४ बस्ने अन्दाजी ३० वर्षीय त्रिदेवकुमार चौधरीको चिउँडो र निधारमा चोट लागेको छ ।

उक्त मोटरसाइकलमा सवार सोही ठेगाना भएका अन्दाजी २७ वर्षीय सञ्जीव सरदारको टाउको, निधार र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई उपचारका लागि न्युरो अस्पताल विराटनगरतर्फ ल्याइएको छ ।

उक्त स्थानमा प्रहरी चौकी तेतरीयाबाट प्रहरी सहायक निरीक्षक फजिद्र तोलांगीको नेतृत्वमा खटिएको टोलीले दुवै साधन इलाका प्रहरी कार्यालय हरैंचा पठाएको छ ।

टिपर चालक जिल्ला मोरङ सुन्दरहरैंचा नगरपालिका-७ बस्ने ४१ वर्षीय भक्तबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय: मङ्गलबार ८ माघ, २०८१, १९:३३:०५
दलको नेता चयनमा अलमल, कांग्रेसले मतदान रोके
शनिवार १२ ब‌ैशाख, २०८३
वीरगञ्ज नाकाबाट ९ महिनामा ६० अर्ब राजस्व
शनिवार १२ ब‌ैशाख, २०८३
पूर्वमन्त्री पाण्डे पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
हर्क साम्पाङले प्रधानमन्त्रीलाई भने, जनतालाई धेरै दुःख नदिनु
शनिवार १२ ब‌ैशाख, २०८३
बाढी कुर्दै बस्ने दिन सकियो, सुकुम्बासी व्यवस्थापन अनिवार्य: बालेन
शुक्रबार ११ ब‌ैशाख, २०८३
तनहुँमा बस दुर्घटना : २७ जना घाइते
शुक्रबार ११ ब‌ैशाख, २०८३
अव्यवस्थित बस्ती हटाउन सरकारको ११ बुँदे कार्ययोजना, समन्वयदेखि बसोबाससम्म व्यवस्था
शुक्रबार ११ ब‌ैशाख, २०८३
सरकारले विपिन जोशीको परिवारलाई १० लाख दिने
शुक्रबार ११ ब‌ैशाख, २०८३
एमालेको प्रमुख सचेतकमा एन महर
शुक्रबार ११ ब‌ैशाख, २०८३
हरिनगरका ५० भन्दा बढी नागरिक बने विपद् योद्धा
शुक्रबार ११ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०