नेपालमा जस्तै अमेरिकामा पनि सत्ता परिवर्तनसँगै टिकटक खुल्यो !

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ माघ, २०८१
२ वर्षअघि

विराटनगर । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् बैठकले २०८० कात्तिक २७ गते सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

चिनियाँ भिडियो टिकटक सामाजिक सद्भाव बिगार्न उद्यत रहेको आक्षेपसहित त्यसबेला सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

त्यसबेला टिकटक बन्द गर्ने नेपाल एक्लो देश थिएन । अरू देशहरूले पनि धमाधम टिककटमाथि प्रतिबन्ध लगाउँदै थिए ।

भारत, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, नर्वे, न्यूजिल्यान्ड, डेनमार्क लगायतका २७ वटा जति देशले पनि त्यतिबेला टिकटक बन्द गरेका थिए ।

ती देशहरूले डाटा सुरक्षाको कारण देखाउँदै टिकटकमा प्रतिबन्ध लगाएका थिए ।

नेपालले पनि सामाजिक सद्भाव बिगार्ने, अश्लीलता प्रदर्शन गर्नेलगायत विविध कुराहरू औंल्याउँदै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

टिकटक बन्द भएपछि टिकटक प्रयोगकर्तासहित धेरैले सरकारको निर्णयको आलोचना र स्वागत दुवै गरे ।

अश्लीलता प्रदर्शन गरेर डलर कमाउनेहरू सरकारको निर्णयसँग सन्तुष्ट थिएनन् ।

कतिपयले सरकारको निर्णयप्रति सन्तुष्ट देखिँदा कतिपय संविधानले प्रदान गरेको अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हकविपरीत भएको टिकाटिप्पणी गरेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड प्रधानमन्त्री रहँदा करिब नौ महिनासम्म नेपालमा टिकटक बन्द भयो ।

त्यसबीचमा टिकटकबाट मनोरञ्जन लिने र टिकटकबाट ज्ञान हासिल गर्ने दुवैलाई बेफाइदा भयो ।

केही इन्टरनेट सेवा प्रदायकहरूको डाटा प्याकेज बिक्री हुन कम भयो भने कतिले लाइभमा बसेर डलर बढाउन पाएनन् ।

कतिले भने टिकटकबाट भएको आम्दानी झिक्नै नपाएको पनि गुनासो गरे ।

सरकारले सेवा प्रदायकहरूमार्फत लगाएको प्रतिबन्ध छल्न ‘भीपीएन’ को माध्यमबाट टिकटक प्रयोग गर्ने नेपाली प्रयोगकर्ताहरू उत्तिकै थिए ।

जसले गर्दा नेपालले खपत गर्ने ‘अन्तर्राष्ट्रिय ब्यान्डविथ’ बढ्न पुगेको र त्यसबाट नेपालीको मुद्रा बाहिरिइरहेको पनि थियो ।

नवप्रतिभाको आगमनलाई पनि असर पारेको कतिपयको दुखेसो थियो ।

नौ महिनापछि सरकारले टिकटकमाथि लगाइएको प्रतिबन्ध केही सर्तहरू राखेर खोल्यो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि भने टिकटमाथि लागेको प्रतिबन्ध फुकुवा भयो ।

सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र विभिन्न सर्त राखेर गत भदौ ६ गते टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला भएको थियो ।

सत्ता परिवर्तन भएसँगै टिकटकमाथि प्रतिबन्ध हटाइएको थियो ।

यसबीचमा अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्ध लगाइयो । आफ्नो कार्यकालको अन्त्यतिर अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकलाई ‘ब्यान्ड’ गरिदिए ।

शुक्रबार अमेरिकी सर्वोच्च अदालतले टिकटकमा प्रतिबन्ध लगाउने कानुनका पक्षमा फैसला सुनाएको थियो । यसपछि अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि टिकटकले आफ्नो गतिविधि बन्द गर्‍यो ।

टिकटकले अमेरिकामा आफ्नो सेवा करिब १२ घण्टा बन्द गरेको थियो । तर, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा टिकटकले पुनः सेवा सुरु गरेको हो । ट्रम्पले एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएका थिए । उक्त आवश्वासनपछि कम्पनीले पुनः सञ्चालनको निर्णय लिएको हो ।

टिकटकले आफ्नो प्रयोगकर्ताहरूलाई पुनः स्वागत गर्दै भनेको छ, ‘तपाईंको धैर्यका लागि धन्यवाद । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासका कारण टिकटक अमेरिकामा फर्किएको छ ।’

अमेरिकामा टिकटक एपमाथि प्रतिबन्ध लगाउने कानुन बनेको छ । प्रतिबन्ध लाग्नुभन्दा केही घण्टाअघि शनिबार रातिदेखि एपले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो ।

अमेरिकामा टिकटकलाई प्रतिबन्ध गर्ने नयाँ कानुन लागु भएपछि एप्पल र गुगल प्ले स्टोरमा पनि उपलब्ध थिएन । चिनियाँ कम्पनी बाइटडान्सको अन्य एप लेमन र क्यापकट पनि हटाइएको थियो ।

तर, आइतबार बिहान ट्रम्पले सोमबारको शपथग्रहण समारोहपछि आफूले टिकटकलाई प्रतिबन्ध गर्ने कानुन लागु गर्न ढिलाइ गर्नलाई कार्यकारी आदेश जारी गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसपछि कम्पनीले अमेरिकामा सेवा पुनः सञ्चालनमा ल्याएको हो । अमेरिकामा टिकटकमा १७ करोडभन्दा बढी प्रयोगकर्ता छन् ।

प्रकाशित समय: सोमबार ७ माघ, २०८१, ०८:३९:०३
अमेरिका र साउदीबीच आणविक ऊर्जा सम्झौता
बिहिबार ७ साउन, २०८३
नास्पाती बोक्ने गाडीमा लुकाएर राखिएको ६५२ केजी गाँजा बरामद
बिहिबार ७ साउन, २०८३
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
निर्वाचन आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने
मङ्गलबार ५ साउन, २०८३
जानकी मन्दिरमा हर्क साम्पाङको प्रवेशमा विवाद, दर्शन नगरी फर्किए
मङ्गलबार ५ साउन, २०८३
कर्णालीका पूर्वाधारको स्थलगत अनुगमनमा मन्त्री लम्साल
मङ्गलबार ५ साउन, २०८३
कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर
मङ्गलबार ५ साउन, २०८३
काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा
सोमबार ४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०