जन्मजात एउटा किड्नी र दुईवटा पाठेघर भएकी बबिताको कन्तबिजोग : उपचार खर्च अभावले भएन अपरेसन !

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २७ पुस, २०८१
१ वर्षअघि

विराटनगर । एकै जनाको शरीरमा एउटामात्र किड्नी र दुईवटा पाठेघर हुनु सम्भवतः अस्वभाविक नै मानिन्छ । यस्तो शारीरिक विविधतामा जन्म लिएकी २९ वर्षीया बबिता भट्टराई अहिले कन्तबिजोगको अवस्थामा छिन् ।

हल्दिबारी गाउँपालिका–७ गोल्टार घर भएकी बबिताले पछिल्लो पाँच वर्षयता पाठेघरको समस्या बेहोरिरहेकी छन् ।

एउटा पाठेघर केही वर्षअघि नै फालेकी बबिताको अर्को पाठेघरमा क्यान्सरको संक्रमण भएको आशंका चिकित्सकहरूको छ ।

उनको उपचारमा संलग्न महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर ऋचा भट्टराईले आर्थिक अवस्था जर्जर रहेकी बबिताको उपचार हुन नपाएको सुनाइन् ।

आर्थिक रूपमा कमजोर अवस्थाकी बबिता धेरैपटक अस्पताल धाउँदासमेत अपरेसन खर्च नभएर माइती घरमै थला परेकी छन् ।

विगत केही वर्षयता धरान उपमहानगरपालिका–१४ स्थित आफ्नो माइती बस्न थालेकी बबिता काखे छोरी च्यापेर आफ्नो उपचारका लागि सहयोगी मनहरूसँग आर्थिक सहयोगको अपेक्षामा भौतारिइरहेकी छन् ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी बबितालाई पाठेघरमा क्यान्सर संक्रमण भएको डाक्टरहरूको आशंका छ, क्यान्सर फैलिन नदिन अपरेसन गरेर पाठेघर फाल्नुपर्ने हो ।

जसका लागि पुस १७ गतेका लागि डाक्टरहरूले पाठेघरको अपरेसन गर्न बबितालाई मिति नै तोकेका थिए ।

उपचारमा अढाइ लाखसम्म लाग्ने भनेर डाक्टरहरूले बताए पनि बबिताले उपचार खर्च नभएका कारण अस्पताल नै जान नपाएको गुनासो गरेकी छन् ।

बबिताकी पाँच वर्षीया छोरी छिन् । दुबईमा रहेका श्रीमान भने आफ्नो उपचारमा भन्दा ऋण तिर्नतिर लागेको बबिताको दुःखेसो छ । जन्मजात दुईटा पाठेघर र एउटामात्र किड्नी भएको बताउने बबिताले पाँच वर्षअघि अपरेसन गराएकी थिइन् ।

त्यसयता, पाठेघर दुख्ने समस्याले निकै नै सताएपछि गत असारमा पुनः उनले अपरेसन गराइन् ।

त्यसबेला नै डाक्टरले क्यान्सर हुनसक्ने बताउँदै पाठेघर फाल्न सुझाएका थिए । जसका लागि मिति नै तय हुँदासमेत उपचार खर्च नहुँदा बबिताको अपरेसन हुन पाएन ।

अपरेसनका लागि खर्च जुटाइदिन उनले आफ्ना आफन्त र सहयोगी मनहरूलाई अपिल गरेकी छन् ।

उनलाई सहयोग गर्न चाहनेहरूले बबिता भट्टराईको सानिमा विकास बैंकको ०३५०११०९०००१५९३ मा आफूले सकेको सहयोग गर्न सक्नुहुनेछ ।

प्रकाशित समय: शनिवार २७ पुस, २०८१, १२:४४:२२
बाढी कुर्दै बस्ने दिन सकियो, सुकुम्बासी व्यवस्थापन अनिवार्य: बालेन
शुक्रबार ११ ब‌ैशाख, २०८३
तनहुँमा बस दुर्घटना : २७ जना घाइते
शुक्रबार ११ ब‌ैशाख, २०८३
अव्यवस्थित बस्ती हटाउन सरकारको ११ बुँदे कार्ययोजना, समन्वयदेखि बसोबाससम्म व्यवस्था
शुक्रबार ११ ब‌ैशाख, २०८३
सरकारले विपिन जोशीको परिवारलाई १० लाख दिने
शुक्रबार ११ ब‌ैशाख, २०८३
एमालेको प्रमुख सचेतकमा एन महर
शुक्रबार ११ ब‌ैशाख, २०८३
हरिनगरका ५० भन्दा बढी नागरिक बने विपद् योद्धा
शुक्रबार ११ ब‌ैशाख, २०८३
क्रिकेटर आदिल आलम मोटरसाइकल दुर्घटनामा घाइते
शुक्रबार ११ ब‌ैशाख, २०८३
झ्यालमा समस्या देखिएपछि बुद्ध एयरको उडान रद्द
शुक्रबार ११ ब‌ैशाख, २०८३
कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
शुक्रबार ११ ब‌ैशाख, २०८३
मोरङमा ‘स्वीप अपरेशन’ : ७२ जना नियन्त्रणमा
शुक्रबार ११ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०