पाख्रीबासमा सुँगुर बोकेको पिकअप दुर्घटना : चालक र सहचालकको मृत्यु, सुँगुर भने जीवितै

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २६ पुस, २०८१
२ वर्षअघि

धनकुटा । धनकुटाको पाख्रीबास–हिले सडक खण्डअन्तर्गत पाख्रीबास नगरपालिका–३ जौटारमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बिहीबार राति करिब ९ बजेतिर तीनवटा सुँगुर लिएर पाख्रीबासबाट हिलेतर्फ जाँदै गरेको को १ ज २६३९ नम्बरको पिकअप सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परेर पिकअप चालक पाख्रीबास– ९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सहचालक सिरहाको लाहान नगरपालिका–५ का २४ वर्षीय प्रमोद मल्लिकको मृत्यु भएको हो ।

सहचालक मल्लिकको घटनास्थलमै र चालक तामाङको जिल्ला अस्पताल धनकुटा पुर्‍याउनसाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा चालक र सहचालकको मृत्यु भए पनि सुँगुर भने जीवितै रहेका छन् ।

प्रकाशित समय: शुक्रबार २६ पुस, २०८१, ११:३४:३६
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै
बिहिबार ७ साउन, २०८३
अमेरिका र साउदीबीच आणविक ऊर्जा सम्झौता
बिहिबार ७ साउन, २०८३
नास्पाती बोक्ने गाडीमा लुकाएर राखिएको ६५२ केजी गाँजा बरामद
बिहिबार ७ साउन, २०८३
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
निर्वाचन आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने
मङ्गलबार ५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०