लेखा समिति सभापति पोखरेलका पूर्वस्वकीय पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २५ पुस, २०८१
१ वर्षअघि

विराटनगर । संसद्‍को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बिहान माेरङ प्रहरीले उनलाई पक्राउ गरेकाे हाे । मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल पोखरेलले एमबीबीएस भर्ना गर्नका लागि ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ ।

अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् ।

पोखरेलले एबीबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएकाे आराेप छ ।

आज पक्राउ परेका पाेखरेलमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

सहकारी ठगी आराेपमा फरार रहेकी ऋषिकेश पोखरेल पत्नी अन्जला कोइराला बुधबार अदालतमा हाजिर भएकी थिइन् ।

बुधबार नै उनी जिल्ला अदालत माेरङकाे आदेशपछि १० लाख धरौटी बुझाएर छुटेकी थिइन् ।

बिहीबार बिहान उनका पूर्वस्वकीय सचिव पक्राउ परेका हुन् । ठगीकाे घटना सार्वजनिक भएपछि पाेखरेलले अनिललाई जिम्मेबारीबाट हटाएका थिए ।

प्रकाशित समय: बिहिबार २५ पुस, २०८१, १२:०६:००
बाढी कुर्दै बस्ने दिन सकियो, सुकुम्बासी व्यवस्थापन अनिवार्य: बालेन
शुक्रबार ११ ब‌ैशाख, २०८३
तनहुँमा बस दुर्घटना : २७ जना घाइते
शुक्रबार ११ ब‌ैशाख, २०८३
अव्यवस्थित बस्ती हटाउन सरकारको ११ बुँदे कार्ययोजना, समन्वयदेखि बसोबाससम्म व्यवस्था
शुक्रबार ११ ब‌ैशाख, २०८३
सरकारले विपिन जोशीको परिवारलाई १० लाख दिने
शुक्रबार ११ ब‌ैशाख, २०८३
एमालेको प्रमुख सचेतकमा एन महर
शुक्रबार ११ ब‌ैशाख, २०८३
हरिनगरका ५० भन्दा बढी नागरिक बने विपद् योद्धा
शुक्रबार ११ ब‌ैशाख, २०८३
क्रिकेटर आदिल आलम मोटरसाइकल दुर्घटनामा घाइते
शुक्रबार ११ ब‌ैशाख, २०८३
झ्यालमा समस्या देखिएपछि बुद्ध एयरको उडान रद्द
शुक्रबार ११ ब‌ैशाख, २०८३
कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
शुक्रबार ११ ब‌ैशाख, २०८३
मोरङमा ‘स्वीप अपरेशन’ : ७२ जना नियन्त्रणमा
शुक्रबार ११ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०