मोरङका पत्रकारहरूलाई न्युरो अस्पतालमा सहुलियत : थप तीन वर्षका लागि भयो सम्झौता

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २४ पुस, २०८१
१ वर्षअघि

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले न्युरो अस्पताल विराटनगरसँग स्वास्थ्य उपचार सेवाका लागि थप तीन वर्षका लागि सम्झौता गरेको छ ।

आज न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगर र महासंघ मोरङवीच थप तीन वर्षका लागि सम्झौता गरिएको छ ।

न्युरो अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टको उपस्थितिमा महासंघ मोरङ अध्यक्ष सुशीला पाठक र अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौताअनुसार अस्पतालले निःशुल्क ओपिडी सेवा (पत्रकारका परिवारलाई समेत), निःशुल्क आकस्मिक सेवा, निःशुल्क एम्बुलेन्स सेवा ( विराटनगरभित्रका पत्रकारका लागि), निःशुल्क प्याथोलोजी सेवा (यससम्बन्धी सबै जाँचहरू), निःशुल्क एक्सरे, अल्ट्रासाउन्ड, इसिजी, इको, इन्डोस्कोपी, क्लोनोस्कोपी सेवा, बेड चार्ज निःशुल्क, निःशुल्क फिजियोथेरापी सेवाहरू उपलब्ध गराउने छ ।

५० प्रतिशत छुटअन्तर्गत एमआरआई, सिटी स्क्यान, सिटी एन्जियोग्राफी, क्याथल्याव (एन्जियोग्राफी, एन्जियोप्लास्टी, पेशमेकर), सबै प्रकारका शल्यक्रियाहरू, आइसियू, सिसियू, भेन्टिलेटर, बोनम्यारो डेनसिटी, इइजी, एनसिभी, एनसिएस, टिएमटी, एबिपिएस, होल्टर, कार्डियोग्राफी, बेड चार्ज ,फिजियोथेरापी सेवा अस्पताले उपलब्ध गराउने अस्पतालका कार्यक्रम संयोजक सुवास अधिकारीले जानकारी दिए ।

उनका अनुसार पत्रकारका आश्रित परिवारलाई ४० तथा ३० प्रतिशत छुटमा विभिन्न स्वास्थ्य सेवाहरू दिनेगरी सम्झौता भएको छ ।

नेपाल पत्रकार महासंघ मोरङका साधारण सदस्यहरू र महासंघको सिफारिसमा सक्रिय पत्रकारिता गरिरहेकाहरुलाई न्यूरो हस्पिटलले उपचार सेवा प्रदान गर्ने छ ।

नेपाल पत्रकार महासंघ मोरङले विगत ६ वर्षदेखि न्युरो अस्पतालसँग स्वास्थ्य उपचारका लागि सम्झौता गर्दै आएको छ ।

पछिल्लो ३ वर्षमा न्युरो अस्पतालबाट मोरङका दुई सय पत्रकार र परिवारका सदस्यले उपचार सेवा लिएका छन् ।

प्रकाशित समय: बुधबार २४ पुस, २०८१, १८:०५:४५
बाढी कुर्दै बस्ने दिन सकियो, सुकुम्बासी व्यवस्थापन अनिवार्य: बालेन
शुक्रबार ११ ब‌ैशाख, २०८३
तनहुँमा बस दुर्घटना : २७ जना घाइते
शुक्रबार ११ ब‌ैशाख, २०८३
अव्यवस्थित बस्ती हटाउन सरकारको ११ बुँदे कार्ययोजना, समन्वयदेखि बसोबाससम्म व्यवस्था
शुक्रबार ११ ब‌ैशाख, २०८३
सरकारले विपिन जोशीको परिवारलाई १० लाख दिने
शुक्रबार ११ ब‌ैशाख, २०८३
एमालेको प्रमुख सचेतकमा एन महर
शुक्रबार ११ ब‌ैशाख, २०८३
हरिनगरका ५० भन्दा बढी नागरिक बने विपद् योद्धा
शुक्रबार ११ ब‌ैशाख, २०८३
क्रिकेटर आदिल आलम मोटरसाइकल दुर्घटनामा घाइते
शुक्रबार ११ ब‌ैशाख, २०८३
झ्यालमा समस्या देखिएपछि बुद्ध एयरको उडान रद्द
शुक्रबार ११ ब‌ैशाख, २०८३
कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
शुक्रबार ११ ब‌ैशाख, २०८३
मोरङमा ‘स्वीप अपरेशन’ : ७२ जना नियन्त्रणमा
शुक्रबार ११ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०