विराटनगर । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
जसका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ ।
तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रहनेछ ।
तराईको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
राति कोशीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ ।
कोशीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ ।