प्रहरीको निष्कर्ष : स्वर्णलक्ष्मी सहकारीबाट रविले गरे पाँच करोड अपचलन, बचतकर्ताको पैसाबाट गाडी खरिद !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २१ पुस, २०८१
२ वर्षअघि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको रकमबाट पाँच करोड अपचलन गरेको निष्कर्ष प्रहरीले निकालेको छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले पाँच करोड भन्दा बढी बचत रकम अपचलन गरेको पुष्टि भएको प्रहरी अनुसन्धानले देखाएको हो ।

Advertisement

जिल्ला प्रहरी परिसर, काठमाडौँले गरेको अनुसन्धानमा रविले पाँच करोड आठ लाख ६९ हजार ६३३ रुपैयाँ ५ पैसा अपचलन गरेको पुष्टि भएको देखाएको छ ।

बचतकर्ताले राखेको पैसाबाटै रवि र जिबी राईले गाडी खरिद गरेकोसमेत भेटिएको छ ।

जिल्ला अदालत, काठमाडौंमा दायर अभियोग पत्रमा जिबी र रविका नाममा गाडी खरिदका लागि दुई पटक ऋण निकासा गरिएको उल्लेख छ ।

लामिछानेसहित ३९ जनाविरुद्ध सरकारी वकिलले आइतबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

त्यसक्रममा दायर अभियोग पत्रमा राई र लामिछानेले पहिलो पटक ४ भदौ २०७८ मा ४६ लाख ९८ हजार ऋण लिएको उल्लेख छ ।

सहकारीको सफ्टवेयरबाट प्रहरीले बरामद गरेको विवरणको कैफियत खण्डमा त्यो ऋण ‘फोर ह्वीलर लोन’ भएको उल्लेख छ ।

पछि १ पुस २०७८ मा फेरि सहकारीबाट दुई जनाको नाममा ऋण प्रवाह भएको छ, त्यसबेला ‘ईको ७ सिटर’ भ्यान खरिद गर्ने भनिएको छ ।

लामिछाने र राईले चार पांग्रे कर्जाका लागि भनेर सहकारीमा ऋण खाता खोलेर त्यसका लागि निवेदन दिएको प्रहरीले उल्लेख गरेको छ ।

‘निवेदनमा आफूहरुले सही, छाप समेत नगरी सो खातामा ४६ लाख ९८ हजार रकम जम्मा गर्न लगाएर त्योमध्ये ३२ लाख ८८ हजार ६०० रुपैयाँ र १४ लाख ९ हजार ४ सय रुपैयाँ नारायणी अटो विजनेश प्रा.लि.लाई चेकमार्फत भुक्तानी गरेको देखिन्छ’, अभियोग पत्रमा भनिएको छ, ‘७ सिटर इको भ्यान खरिद गरेर गाडी गोरखा मिडिया नेटवर्क प्रा.लि.ले प्रयोग गरेको र सो ऋण प्रतिवादी रवि लामिछानेले गोरखा मिडिया नेटवर्कको नाममा ग्लोबल आईएमई बैंक लि.को खाताबाट जारी भएको चेकमार्फत स्वर्णलक्ष्मी सहकारीको कुमारी बैंक लि.मा रहेको खातामा भुक्तान गरेको देखिन्छ ।’

त्यस्तै लामिछाने समेतले गोर्खा मिडिया नेटवर्क प्रालि.का लागि आवश्यक पर्ने अन्य चारपांग्रे गाडीको लागि समेत सोही प्रक्रियाबाट स्वर्णलक्ष्मी सहकारीबाट ४६ लाख ४८ हजार रुपैयाँ कर्जा लिएको भनिएको छ ।

‘.. त्यो कर्जाबाट थप गाडीहरु खरिद गरी सो गाडीहरूसमेत गोरखा मिडिया नेटवर्कले प्रयोग गरेको मिसिल संलग्न रहेका कागजातहरुबाट स्पष्ट देखिन आयो’, अभियोग पत्रमा भनिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०