मोरङ प्रहरीले ज्यानै जोखिममा राखेर समात्यो २० लाख रुपैयाँबराबरको गाँजा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १७ पुस, २०८१
१ वर्षअघि

विराटनगर । पछिल्लो समय गाँजा भारततर्फ छिराउन मोरङका विभिन्न नाका सहज बन्दै गएको छ ।

मंगलबार राति मात्र मोरङ प्रहरीले भारत निकासी हुँदै गरेको १ सय ५५ केजी गाँजा बरामद गरेको छ ।

को १ च ९५८२ नम्बरको स्कारपियोबाट गाँजा बरामद गरेको मोरङ प्रहरीले दुई युवकलाई पक्राउसमेत गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१२ का २४ वर्षीय राहुल विश्वकर्मा र धनकुटाको सहिदभूमि गाउँपालिका–६ का १९ वर्षीय सुरज राई रहेका छन् ।

उनीहरूलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको प्रहरीले आफ्नो ज्यानै जोखिममा पारेर उनीहरूलाई समातेको बताएकाे छ ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले न्यू इयर इभको मौका पारेर भारत निकासी गर्न लागिएको स्कारपियोले झन्डै प्रहरीलाई नै ठक्कर दिएको सुनाए ।

धनकुटाको शहिदभूमि गाउँपालिका र उदयपुरका विभिन्न स्थानमा खेती नै हुने गरेको गाँजा मोङरका विभिन्न नाका हुँदै भारत पुर्‍याइन्छन् ।

खेती हुने ठाउँमा प्रतिकिलो अन्दाजी ५ हजारसम्ममा पाइने गाँजा भारत पुर्‍याएपछि २० लाख रुपैयाँमा बिक्री हुन्छ ।

गाँजासहित पक्राउ परेका उनीहरूलाई आज नै मोरङ जिल्ला अदालतबाट लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार लागुऔषध मुद्दामा म्याद थप गरेको प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार प्रहरी हिरासतमा रहेका चालक विश्वकर्मा र राईले कसैको लागि भरियाको रूपमा काम गरेको रहस्य खुलेको छ ।

पक्राउ परेकाको साथबाट सामसुङ, नोकिया र रेडमीको गरी ३ थान मोबाइल बरामद भएको छ, मोबाइलको कल डिटेलबाट गाँजा कारोबारीसम्म पुग्न सकिने प्रहरीको अनुमान छ ।

प्रकाशित समय: बुधबार १७ पुस, २०८१, १७:२७:०५
बाढी कुर्दै बस्ने दिन सकियो, सुकुम्बासी व्यवस्थापन अनिवार्य: बालेन
शुक्रबार ११ ब‌ैशाख, २०८३
तनहुँमा बस दुर्घटना : २७ जना घाइते
शुक्रबार ११ ब‌ैशाख, २०८३
अव्यवस्थित बस्ती हटाउन सरकारको ११ बुँदे कार्ययोजना, समन्वयदेखि बसोबाससम्म व्यवस्था
शुक्रबार ११ ब‌ैशाख, २०८३
सरकारले विपिन जोशीको परिवारलाई १० लाख दिने
शुक्रबार ११ ब‌ैशाख, २०८३
एमालेको प्रमुख सचेतकमा एन महर
शुक्रबार ११ ब‌ैशाख, २०८३
हरिनगरका ५० भन्दा बढी नागरिक बने विपद् योद्धा
शुक्रबार ११ ब‌ैशाख, २०८३
क्रिकेटर आदिल आलम मोटरसाइकल दुर्घटनामा घाइते
शुक्रबार ११ ब‌ैशाख, २०८३
झ्यालमा समस्या देखिएपछि बुद्ध एयरको उडान रद्द
शुक्रबार ११ ब‌ैशाख, २०८३
कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
शुक्रबार ११ ब‌ैशाख, २०८३
मोरङमा ‘स्वीप अपरेशन’ : ७२ जना नियन्त्रणमा
शुक्रबार ११ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०