रंगेलीमा खोला ठेक्का : कीर्ते बिलमा कारोबार हुँदै, कारबाही गर्ने नगरप्रमुखको चेतावनी !

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १७ पुस, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको रंगेली नगरपालिकाले लगाएको खोला ठेक्कामा ठेकेदार कम्पनीले बदनियत राखेर काम गरिरहेको खुलेको छ ।

विराटनगर महानगरपालिका–७ को रनकाली माता कन्ट्रक्सनले नगरपालिकाको नाम उल्लेखित कीर्ते बिल काटेर खोलाजन्य पदार्थको उत्खनन् र बिक्री गरिरहेको पाइएको हो ।

नगरपालिकाबाट खोलाजन्य पदार्थ उत्खननको ठेक्का लिएका ठेकेदार कम्पनीले कानुनी प्रक्रियाविपरीत कीर्ते बिलमात्र काटेर कारोबार गरिरहेको छ ।

नियमानुसार ठेकेदार कम्पनीले नगरपालिकाको छाप भएको आधिकारिक बिल काटेरमात्र खोलाजन्य सामग्री उत्खनन् गर्नुपर्ने हो ।

तर, ठेकेदार कम्पनीले नगरपालिकाको छाप र मूल्य अभिवृद्धि कर दर्ता नम्बरसमेत नभएको बिलबाट मात्रै कारोबार गरिरहेको पाइएको हो ।

कम्पनीले चार ठेली अर्थात् चार सयवटा त्यस्ता बिल छापेर खोलाजन्य पदार्थ उत्खनन् गरिरहेको छ ।

रंगेली नगरपालिकाको छाप भएको आधिकारिक बिल

‘ठेकेदार कम्पनीले विशेषगरी ट्याक्टर चालकहरूलाई नक्कली बिल दिँदै राजस्व छली गरिरहेको छ,’ रंगेली–७ का एक स्थानीयले भने, ‘यो बाटो प्रयोग भएर जाने ट्याक्टरहरूले अर्धकट्टी बिल देखाउँछन् । कसैलाई भने नगरपालिकाको छाप लागेको बिलसमेत दिइएको छ । पालिकाको छाप नलागेको बिलमा कारोबार गर्नु त सीधै बालुवा–गिट्टीको चोरी हो नि !’

यसो गर्दा नगरपालिकालाई राजस्वमा घाटा पुगिरहेको बताउँदै उनले यस्तो कामले नगरपालिकाको राजस्व संकलनमा प्रत्यक्ष असर पर्ने देखिएको बताए ।

बेलैमा जानकारी पाउँदा पनि नगरपालिका मौन देखिएको उनको गुनासो छ ।

तर, ठेकेदार कम्पनीले भने आफूहरूले डम्पिङका लागिमात्र चल्नेगरी स्टिमेट बिल छपाएको जनाएको छ ।

खोला निकालिएको नदीजन्य पदार्थ ट्याक्टरमा लोड गरेर एकठाउँमा थुपार्ने अनि त्यहाँबाट टिपरमा लैजानका लागि मात्र उक्त स्टिमेट बिल छपाइएको ठेकेदार कम्पनीका प्रतिनिधि रमेशकुमार रायले जानकारी दिए ।

‘हामीले स्टकका लागि मात्र स्टिमेट बिल बनाएका थियौं,’ उनले भने, ‘कसको माल हो भनेर प्रायः विवाद भइरहन्छ । त्यसैले नयाँ अभ्यास गर्दै चार सयवटा स्टिमेट बिल बनाएका थियौं । त्यसमध्ये करिब डेढ सयवटा जति बिलको कारोबार भयो । अब, आधिकारिक बिल नै प्रयोग गर्छौं ।’

ग्रामथान गाउँपालिका–४ मोतिपुरमा नदीजन्य पदार्थ राख्नका लागि ‘डम्पिङ साइट’ बनाइएको उनको दाबी छ ।

त्यहाँबाट विराटनगरलगायत अरू क्षेत्र आवत–जावत गर्ने टिपर भरेर पठाइन्छ । तथापि, उक्त क्षेत्रमा कहीँ पनि स्टकका लागि डम्पिङ साइट नबनेको एक स्थानीयले बताए ।

ठेकेदार कम्पनीले बनाएको बिल

यता, रंगेली नगरप्रमुख दिलीप बगडियाले खोलाजन्य पदार्थको उत्खनन् र बिक्री वितरण गर्दा अनिवार्य रूपमा नगरपालिकाको छाप भएको बिल प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था रहेको सुनाए ।

तर, ठेकेदार कम्पनीले यो नियमको पालना नगरेका कारण कारबाही गर्ने उनको चेतावनी छ ।

‘ठेकेदार कम्पनीले नगरपालिकाकै बिल प्रयोग गर्नुपर्ने हो,’ उनले भने, ‘कि त नगरपालिकासँग अनुमति लिएर कारोबार गर्नुपर्ने हो । तर, कतिपय बिल भने नगरपालिकाको नाम राखेर छापबिना नै काटिएको पाइयो । मैले ठेकेदार कम्पनीका प्रतिनिधिलाई नगरपालिकामै बोलाएको छु । गल्ती दोहोर्‍याएमा कारबाही गर्छु ।’

स्टिमेट बिलमा ‘रंगेली नगरपालिका’ उल्लेख गरिएको बताउँदै उनले कि त ठेकेदार कम्पनीको मात्र नाम राख्नुपर्ने वा कि त जानकारीसहित छाप लगाउनुपर्ने प्रावधान रहेको बताए ।

राजस्व ठग्ने नियत देखिएमा ठेक्का खारेजसम्म गर्न सकिने नगरप्रमुख बगडियाले ठेकेदार कम्पनीलाई चेतावनी दिए ।

नगरपालिकाले ३३ लाख ६४ हजार रुपैयाँ रकम आँकलन गरेर गत असोज दोस्रो साता ग्रामथान र रंगेलीको सीमा भएर बग्ने लोहन्द्रा खोलाका लागि बोलपत्र आह्वान गरेको थियो ।

लोहन्द्रा खोलाको सगरदिना झोलुंगे पुलउत्तर विनघाट, लिम्बू घाट र यादव टोलघाटमा ढुंगा, बालुवा, गिटी उत्खनन् र बिक्रीका लागि खुलाइएको टेन्डरमा ठेकेदार कम्पनीले दोब्बरभन्दा धेरै रकम हालेको थियो ।

पदम श्रेष्ठ सञ्चालक रहेको रनकाली माता कन्ट्रक्सनले ७७ लाख ३१ हजार रुपैयाँमा ठेक्का लिएको थियो ।

ठेकेदार कम्पनीहरूको प्रतिस्पर्धाका कारण नगरपालिका दोब्बर रकममा ठेक्का दिन सफल भएको हो ।

बोलपत्रका लागि निकालिएको सूचनामा टेन्डर भर्ने फर्महरूका प्रमाणपत्र अनिवार्य भए पनि ‘माइनेटिङ’ का क्रममा भने रनकाली माता कन्ट्रक्सनका प्रमाणपत्र संलग्न थिएन ।

यसै विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा उजुरीसमेत परेको थियो ।

‘हामीले फारम किन्नुअगावै सबै कागजात संलग्न गरेका थियौं, निवेदन दिँदा प्रमाणपत्र थिएन होला,’ नगरप्रमुख बगडियाले भने, ‘अख्तियारले समेत नगरपालिकामा यसबारे बुझेर गइसकेको छ । यो विषयमा गलत भएको भए अख्तियारले नै कारबाही गरिसक्थ्यो होला !’

प्रमाणपत्र संकलनका क्रममा गल्ती नदेखिए पनि ठेकेदार कम्पनीले नक्कली बिल बनाएर भने नियमविपरीत काम गरेको निष्कर्ष बगडियाको छ ।

प्रकाशित समय: बुधबार १७ पुस, २०८१, १९:०३:४०
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै
बिहिबार ७ साउन, २०८३
अमेरिका र साउदीबीच आणविक ऊर्जा सम्झौता
बिहिबार ७ साउन, २०८३
नास्पाती बोक्ने गाडीमा लुकाएर राखिएको ६५२ केजी गाँजा बरामद
बिहिबार ७ साउन, २०८३
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०