विराट मेडिकलले देशैभरका स्वास्थ्यकर्मीलाई निःशुल्क उपचार गर्ने !

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ९ पुस, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा अवस्थित रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले ‘बेल अफ सेलिब्रेसन’ को उद्घाटन गरेको छ ।

विराट मेडिकल टिचिङ एन्ड टिचिङ अस्पतालमा मंगलबार एक कार्यक्रमको आयोजना गर्दै विराटका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमानसिंह कार्की र उपाध्यक्ष इरिना कार्कीले बेल अफ सेलिब्रेसनको उद्घाटन गरेका हुन् ।

Advertisement

क्यान्सरका बिरामीलाई हौसला र मनोवल प्रदान गरी उनीहरूलाई आशा जगाउन विजय सूचक घण्टीको उद्घाटन गरिएको हो ।

गत असार १२ गते गठन गरिएको इस्टर्न क्यान्सर सर्भाभर सपोर्ट ग्रुपको अगुवाइमा उक्त घण्टीको उद्घाटन भएको हो ।

सो ग्रुपका सहजकर्ता कमल पौडेलका अनुसार अब यस इन्स्टिच्युटमा उपचार थाल्दा, क्यान्सरबाट विजयी प्राप्त हुँदा क्यान्सर सर्भाइबरहरूका लागि घण्टी बजाइने छ ।

क्यान्सर संक्रमितहरूलाई हौसला प्रदान गरेमा रोगलाई जित्ने सम्भावना बढी हुने बताउँदै उनले मनोवन प्रदान गर्ने प्रयासस्वरूप अस्पतालभित्र घण्टीको स्थापना गरिएको सुनाए ।

‘क्यान्सर शब्द भयावह भएको छ, त्रासले गर्दा मान्छे मर्ने सम्भावना छ, उनले भने, ‘क्यान्सरसँग डटेर लड्ने प्रण गर्नुपर्छ भन्ने सन्देश हामीले दिन खोजेको हो । क्यान्सर पूर्वजन्मको पाप पनि होइन । जेनेटिक, खानपान, विकिरणका कारण क्यान्सर हुन सक्छ । क्यान्सरसँग भाग्ने, डराउने होइन ।’

विराट क्यान्सर इन्स्टिच्युटकी अन्कोलोजी नर्स रोजिना तिमल्सिनाले क्यान्सर संक्रमित बिरामीलाई नजिकबाट हेरिरहेको बताउँदै आफन्तको हेरचार, चिकित्सकको बोलीले पनि क्यान्सरमुक्त हुन सकिने बताइन् ।

पछिल्लो समय आफूहरूले उत्कृष्ट ढंगले काम गरिरहेका कारण पनि विराट क्यान्सर इन्स्टिच्युट रोज्नेहरूको संख्यामा बढोत्तरी भएको उनले सुनाइन् ।

विराट क्यान्सर इन्स्टिच्युटका सिइओ डेनिस कार्कीले ‘आशाः क्लोज द केयर ग्याप’ मार्फत् क्यान्सर रोगीको उपचार गरिरहेको बताए ।

उनका अनुसार गत वर्ष क्यान्सर अस्पतालको उद्घाटन भएयता २० हजार क्यान्सरका बिरामीको उपचार भएको छ भने दुई हजारभन्दा बढी क्यान्सरको सर्जरी भएको छ ।

यस्तै, विराट कलेजका अध्यक्ष ज्ञानेन्द्रमानसिंह कार्कीले राज्य संवेदनशील नहुँदा देशका लागि योगदान गर्न कठिनाइ भइरहेको सुनाए ।

‘प्राइभेटचाहिँ माफियाको हो भन्ने प्रवृत्ति बढेको छ,’ उनले भने, ‘क्यान्सर रोग पूर्ण रूपमा निःशुल्क होस् भन्ने हामी पनि चाहन्छौं । त्यसका लागि चाहिने औषधि र उपकरणका लागि राज्य अगाडि सर्नुपर्छ ।’

क्यान्सरका बिरामीलाई अहिले कोशी प्रदेश सरकारले दिएको एक लाख रुपैयाँ पर्याप्त नभएको उल्लेख गरे ।

छिमेकी मधेश प्रदेशमा तीन लाख रुपैयाँ सहयोग गर्नेगरेको उदाहरण दिँदै भने, ‘मधेशका नेताचाहिँ नेता, त्यहाँका जनताचाहिँ जनता । हामीचाहिँ गोरु हो ?’

यसैगरी, उनले देशभरिका स्वास्थ्यकर्मी बिरामी भएमा आफ्नो अस्पतालले निःशुल्क उपचार गरिदिने पनि घोषणा गरे ।

‘हामीलाई सबैभन्दा दुर्भाग्य के छ भने, चिकित्सक बिरामी भएमा सहयोग गरिदिन भन्दै अपिल पठाउने गरिएको छ । यो भन्दा दुर्भाग्य देशमा के हुन्छ र ? बरु, म घोषणा गर्छु, नेपालका कुनै पनि चिकित्सकहरू बिरामी भई इलाज गर्न असक्षम हुनुहुन्छ भने विराटले पूर्ण रूपमा हामीसँग भएका उपकरणहरूको सहायतामा उपचार हुने छ ।’

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०