यस्ता छन् कोशीका भौतिक पूर्वाधार मन्त्री राईका सय दिने प्रगति विवरण

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ७ पुस, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले एक सय दिने उपलब्धि सार्वजनिक गरेका छन् ।

आइतबार उनले मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफ्नो एक सय दिने कार्य प्रगति सार्वजनिक गरेका हुन् ।

Advertisement

राईले आफू मन्त्री भएपछि नदी तथा खोलाहरूमा रहेका झोलुंगे पुलहरू नजिक पक्की पुल निर्माण भई प्रयोगविहीन तथा जीर्ण भएका झोलुंगे पुलहरू स्थानान्तरण गर्ने निर्णय भएको बताए ।

यसैगरी विपदबाट भएको क्षतिको विवरण संकलन गरिएको, कोशी रिफ्रेसमेन्ट सेन्टर निर्माणका लागि निजी क्षेत्रलाई दिने गरी लगानी सम्मेलनको आयोजना सोकेसमा राख्ने लगायतका कार्यलाई जोड दिएको बताए ।

उनले स्थलगत सडक निर्माण अनुगमनदेखि पुल स्थानान्तरणसम्मको कार्यलाई प्रगतिको रुपमा राखेका छन् ।

‘मैले एकसय दिनमा सकेको जतिको काम प्रस्तुत गरेको हुँ । अब प्रदेश समुन्नत गर्न बाँकी नै छ । मन्त्री भएपछि नदी तथा खोलाहरूमा रहेका झोलुंगे पुल जिक पक्की पुल निर्माण भई प्रयोगविहीन तथा जीर्ण भएका झोलुंगे पुलहरू स्थानान्तरण गर्ने निर्णय भएको छ । हामीबीच असोजमा गएको विपद्को क्षतिको विवरण ठूलो छ । कोशी रिफ्रेसमेन्ट निर्माणलाई अघि बढाउन निजी क्षेत्रको सहयोग र लगानी सम्मेलनको तयारीमा छौँ ।’

पत्रकार सम्मेलनमा उनले विपद्‌बाट समग्रमा ४ अर्ब ६३ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए । उनका अनुसार विपद्का कारण क्षति भएका पहाडी क्षेत्रका सडक, पुल, झोलुंगे पुलको विवरण संकलन गरिएको हो ।

उनले भने, ‘असोज १० गते गएको भीषण वर्षाले झापाको बिरिङ खोला पक्की पुल, पाँचथरको हेवा खोला र फेमे खोला पक्की पुल, खोटाङ र उदयपुर जोड्ने दुधकोशी फोक्सिंङटार पक्की पुल, धाप्लांगघाट, बन्सिलाघाटलगायतका स्थानको निरीक्षण गरियो । भौतिक संरचनामा धेरै क्षति भएको छ ।’

पत्रकार सम्मेलनमा मन्त्री राईले प्रादेशिक सडक सञ्जाल सूची तयार पारेको बताए । जसमा प्रादेशिक सहायक लोकमार्गअन्तर्गत ९६ वटा सडक र प्रादेशिक मार्गअन्तर्गत २ सय ८९ वटा सडक पहिचान गरिएको छ ।

यस्तै, उनले कोशी प्रदेशको बजेट पुनरवलोकनको सम्भावना नरहेको पनि उल्लेख गरेका छन् । बजेट कार्वान्वयनमा अघि बढिसकेको हुँदा पुनरवलोकन हुने सम्भावना नभएको उनको भनाइ छ ।

प्रदेशको बजेट पुनरवलोकनका लागि सत्तामा रहेका दुई दलबीचको संयन्त्रले निर्णय गरेको थियो ।

दुई दलीय संयन्त्रको बैठकले कोशी प्रदेशको चालु आर्थिक वर्षको बजेट पुनरवलोकनका लागि प्रदेश सरकारलाई निर्देशनसमेत दिएको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०