विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा रोकिराखेको ट्रकमुनि मोटरसाइकल छिर्दा चालकको मृत्यु भएको छ ।
सोमबार राति ८:२० बजेतिर सुनवर्षी-९ भेरुवाथानस्थित रंगेली-विराटनगर सडकखण्डमा रंगेलीबाट डाइनियातर्फ जाँदै गरेको ना ३ ख ९९०४ नम्बरको ट्रकम मोटरसाइकल ठोक्किएको थियो ।
भेरुवाथानस्थित उत्तरतर्फ बाँया मोड्ने क्रममा स्टार्ट बन्द भई रोकिएको अवस्थामा रंगेलीबाट डाइनिया जाँदै गरेको मे ४ प १८२३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
पछाडि ठोक्किएर ट्रकको मुनि छिर्न गई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनवर्षी-९ बालुबारी बस्ने अन्दाजी २६ वर्षको स्वाचन ऋषिदेव मृत्यु भएको हो ।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारको लागि रंगेली अस्पताल पठाएको थियो ।
तर, रंगेली अस्पतालका डाक्टरले चेकजाँच गर्ने क्रममा उनलाई ८:४५ बजे मृत घोषणा गरेको हो ।
प्रहरीले ट्रक चालक मोरङ जहदा गाउँपालिका-४ रामचोक बस्ने १९ वर्षको सुधीर महत्तोबिनलाई नियन्त्रणमा लिएको छ ।