default विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट साइकल चालक घाइते भएका छन् ।
आइतबार राति ८ बजेतिर ग्रामथान-१ स्थित भित्री कच्ची सडक खण्डमा झोराहाटबाट खुनियाकट्टातर्फ जाँदै गरेको को ५ प ९८१८ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री ग्रामथान १ का अन्दाजी वर्ष २४ को विजय माझी घाइते भएका हुन् ।
उनको दाहिने हात र दाहिने खुट्टामा चोट तत्कालको अवस्था सामान्य लागेको छ ।
सोही साइकलमा पछाडि सवार स्थानीय २२ वर्षका सरोज माझीको दाहिने हात र दाहिने खुट्टामा चोट लागेको छ ।
दुवै घाइतेलाई उपचारको लागि विराट टिचिङ अस्पताल पठाइएको छ ।
मोटरसाइकल चालक स्थानीय ३५ वर्ष ३५ का प्रदिप माझीको दाहिने खुट्टामा चोट लागेको छ ।
उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरी चौकी झोराहटले जनाएको छ ।
मोटरसाइकल तीव्र गतिमा चलाउँदा दुर्घटना भएको प्रहरीको निष्कर्ष छ ।